लालबन्दी (सर्लाही)। सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा ग्रामिण नारी उत्थान संघ हरिपुर द्वारा संचालित सीइएफएम परियोजना अन्तर्गत आज नगर स्तरिय मुसहर महिला शसक्तिकरण सञ्जाल हरिपुर -२ सर्लाहीले स्थानीय किशोर किशोरीको सम्मिलित सचेतनामुलक साइकल र्याली सम्पन्न गरेको छ ।
हरिपुर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष तथा वडास्तरीय वालअधिकार समितिका अध्यक्ष हरी बहादुर थापाको अध्यक्षता र नगर स्तरिय मुसहर महिला शसक्तिकरण सञ्जालकि अध्यक्ष लक्ष्मी पासवान को सहजीकरणमा बाल बिवाह बिरुद्ध सचेतना मुलक साइकल याली सम्पन्न भएको हो । हरिपुर वडा नं -८ जुटपानीबाट सुरु भएको र्याली सोहि वडाको धोवीटोल,ईन्द्रपुर, डाडाँटोल,जगतपुर हुँदै धोवी टोलको ब्रहमथानमा पुगी एक कोण सभाका बीच सामुहिक पतिबद्धतामा सामुहिक हस्ताक्षर सहित समापन गरिएको छ ।



सम्पन्न र्यालीमा ६४ जना किशोर किशोरीहरुले साइकलमा “बालबिबाह रोकथाम गरौँ ,बालविवाह मुक्त नगर घोषणा गरौँ , सानै छु म बढ्न देउ , बिबाह होइन पढ्न देउ , बालविबाह जीवन तवाह ” लगायतका प्लेकार्ड बोकी लगभ १५ किलोमिटरको सचेतनामुलक साइकल यात्रा सम्पन्न गरेका छन् । बाल बिवाह अन्त्यको लागि खबरदारी तथा बाल बिवाह मुक्त वडा तथा नगरपालिकार घोषणको माग गर्दै गरिएको साइकल र्यालीमा परियोजनाकि संयोजक सिर्जना बस्नेत, स्थानीय प्रहरी , स्थानीय किशोर अगुवा , समाजसेवी तथा सामाजिक प्रज्वलकहरुको उल्लेख्य सहभागिता रहेको ग्रामिण नारी उत्थान संघका उपाध्यक्ष बिष्णुप्रसाद चालिसेले जानकारी दिनु भयो ।
सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा ग्रामिण नारी उत्थान संघ हरिपुर २ सर्लाही मार्फत बालबिवाह ,कम उमेरमा हुने बिवाह र जबरर्जस्ती रुपमा हुने बिवाह अन्त्यको सर्लाहीका हरिपुर र ईश्वरपुर नगरपालिकामा बिभिन्न अभियानहरु सञ्चालन गरिदै आएको छ । ग्रामीण नारी उत्थान संघ र सेभ द चिल्डेनको साझेदारीमा सञ्चालित Child Early Forced Marriage (CEFM )(सीइएफएम )परियोजना अन्तर्गत हरिपुर नगरपालिकामा दुइ र ईश्वरपुर नगरपालिकामा तीन वटा स्थानीय समुदायमा आधारित संस्थाहरुसँग सहकार्य गरी समुदायमा बाल बिवाह बिरुद्ध सचेतना अभियान सञ्चालन हुँदै आएको परियोजना संयोजक बस्नेतले जानेकी छन् ।
वैज्ञानिक अनुसन्धान र कानुनी आधारमा विवाहयोग्य उमेर २० वर्षभन्दा तल बिबाह गर्न गराउन नहुनेमा सहभागी सबैले बिशेष जोड दिएका छन् । बदलिदो परिवेशमा हरेक किशोर किशोरीहरुलाई बाल बिवाहको सम्भावित जोखिमबाट जोगाउन र बाल बिवाह बिरुद्द खुलेर वहस पैरवी गर्नका लागि सक्षम बनाउने उदेश्यले र्यालीको आयोजना गरिएको नगर स्तरिय मुसहर महिला शसक्तकरण सञ्जालकि अध्यक्ष लक्ष्मी पासवानले संचार माध्यमलाइ बताएकी छिन् ।
ग्रामिण नारी उत्थान संघ र सेभ द चिल्ड्रेनको साझेदारी अन्तर्गतका विविध परियोजनाहरु मार्फत बालबालिकाको हक हित संरक्षण , गुणस्तरीय शिक्षा, पोषण आदि क्षेत्रमा लामो समय देखि बिभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।
स्थानीय साझेदार संस्थाको संस्थागत बिकास तथा सामाजको प्रमुख चुनौतीको रुपमा रहेको बाल बिवाह अन्त्यको लागि रचनात्मक र पृथक अभियानहरु आवश्यक भएकाले यस सँग सम्बन्धित बिभिन्न कार्यक्रम र अभियानहरु संचालन गर्दै आएको CEFM परियोजनाका फोकल पर्सन समेत रहेका संस्थाका सचिव सुर्य प्रसाद चालिसेले प्रष्ट पार्नु भएको छ।र्याली पछि आयोजित कोण सभा र संयुत्त प्रतिबध्यता सभामा बोल्दै वडा अध्यक्ष हरी बहादुर थापाले वडा भित्र पूर्ण रुपमा बालविवाह अन्त्य गरी उन्नत र सचेत वडा निर्माणका लागि हर तरहले कृयाशील रहने प्रतिबध्यता प्रकट गर्नु भयो





