जनकपुरधाम - जनकपुरधाममा हत्या आरोपी पक्राउ गर्न माग राख्दै लैंगिक तथा यौनिक अल्पसंख्यकले प्रदर्शन गरेका छन् । जनकपुरधामको रामानन्द चोकमा सडक जाम गरी उनीहरूले प्रदर्शन गरेका हुन् ।
गत चैत २ गते जनकपुरधाम उपमहानगरपालिका–२३, बिन्धीमा होलीको दिन अर्चना यादवको १७ वर्षीय छोरा आशु यादवको छुरा (चक्कु) प्रहार गरी हत्या भएको थियो । सोही घटनामा थप आरोपीलाई प्रहरीले पक्राउ नगरेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
प्रहरीले यस मुद्दामा दुई जनालाई पक्राउ गरिसकेको छ भने अन्य ५ जना आरोपी फरार रहेका छन् ।
उनीहरूले ‘भ्रष्ट सरकार मुर्दावाद, स्थानीय प्रशासन मुर्दावाद, न्यायाधीश मुर्दावाद, न्याय मरेको देश’ नारासहितको प्लेकार्ड बोकेका थिए ।
उनीहरूले एक दर्जन सवारीसाधन तोडफोड गरेका छन् ।एक घण्टादेखि जनकपुर–ढल्केवर सडक न्तर्गतको रामानन्द चोकमा जाम छ ।प्रहरीले उनीहरूलाई सम्झाइबुझाई जाम खोल्ने प्रयास गरिरहेको छ ।




