
महोत्तरी – मधेस प्रदेसका निजि अस्पताल एम्बुलेन्स चालकहरुले चलाइ रहेको प्रदेश का मुख्यमन्त्री सतिस कुमार सिंहले बताएका छ्न ।महोत्तरी को औरही नगरपालिकाको नीति तथा बजेट कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले मधेस प्रदेसमा निजि अस्पतालहरुको अनुगमन गर्दा अधिकान्स निजि अस्पतालमा एम्बुलेन्स चालकलाई बिचोलियाको रूपमा प्रयोग गरेर निजि अस्पताल सन्चालकहरुले बिरामीहरुलाई उपचार को साटाे लूटने काम गरिरहेको आरोप लगाएका छन ।
प्रदेसका निजि अस्पताल को अनुगमन गर्दा करिब ७०% अस्पताल अबैध रुपमा सन्चालन मा रहेको पाइएको मुख्यमन्त्री सिंहले बताउनुभयो ।
५ देखि १५ शैय्या सम्मको अस्पताल को अनुमती स्थानीय तहलाइ दिने अधिकार भएका कारण स्थानीय तहले जथाभावी अनुमती दिने तर अस्पताल कसरी संचालन भइरहेको छ भनेर अनुगमन नगर्दा यस्तो भयावह अवस्था आएको बताएका छ्न ।
उहाँले कतिपय निजि अस्पतालकै कारण बिरामीहरुको मीर्त्यु हुने गरेको र त्यस्ता अस्पताललाई कार्बाही नहुदा पीडित झन पिडामा पर्ने गरेको हुदा त्यस्ता अस्पताललाई अनुगमन गरेर बन्द गराएको उहाँको भनाइ थियो ।