
महोत्तरी - महोत्तरीका ६ स्थानीय तहले मंगलबार बजेट ल्याएका छन् । औरही, गौशाला, सोनमा ,बलवा , पिपरा र बर्दिवास नगरपालिकाले मंगलबार बजेट ल्याएका हुन् ।बर्दिवास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि १ अर्ब २२ करोड ४० लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

मंगलबार नगरसभाको १६ औं अधिवेशनमा उपप्रमुख तारादेवी महतोले पूर्वाधार विकास, वडास्तरीय योजना र सामाजिक क्षेत्रलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गरेकी हुन् ।संघीय सरकारअन्तर्गतको वित्तीय समानीकरणबाट ८७ करोड ४५ लाख ५८ हजार ५१० र प्रदेश सरकारबाट ४ करोड ५३ लाख ६३ हजार ७२० रुपैयाँ उपलब्ध हुने अनुमान छ । यस्तै आन्तरिक आयतर्फबाट २५ करोड ४० लाख ८७ हजार ७७० प्राप्त हुने तथा संघीय सरकार, मधेस प्रदेश सरकार र नगरपालिकाको आन्तरिक आयबाट कुल चालु आव ०८१र०८२ बाट बचत भई अनुमानित मोज्दात ५ करोड गरी ०८२र८३ को अनुमानित बजेट १ करोड २२ करोड ४० लाख १० हजार रुपैयाँ हुने अनुमान गरिएको छ ।
यसैगरी चालु बजेटतर्फ नगरपालिकाको कार्यालय, वडा कार्यालय कार्य सञ्चालन तथा अन्य प्रशासनिक एवं पूँजीगत खर्चतर्फ २३ करोड ६३ लाख विनियोजन गरिएको छ । त्यस्तै बर्दिवास अस्पताल, स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीको तलब–भत्ता तथा अन्य स्वास्थ्य उपकरण औषधि खरिद् लगायतका कार्यक्रमका लागि लागि ६ करोड ३२ लाख ७५ हजार विनियोजन गरिएको छ ।
त्यसैगरी पूँजीगत तथा विकास बजेटतर्फ नगरका विभिन्न सडक कालोपत्रे, ढलान तथा स्तरोन्नति गर्न सडक निर्माणतर्फ ५ करोड ६ लाख १५ हजार छुट्याइएको छ । साथै संघीय सरकारका समपुरक अन्तर्गतका योजनाहरूमा कार्यालयबाट लागत साझेदारी गर्न नगरपालिकाको म्याचिङ फन्डमा ३ करोड रुपैयाँ प्रस्ताव गरिएको छ ।
शिक्षातर्फ २ करोड ५० लाख र खेलकुदका लागि ४० लाख रुपैयाँ विनियोजन प्रस्ताव गरिएको छ ।
खानेपानी तथा सरसफाइतर्फ ८५ लाख, जलस्रोत तथा सिँचाइतर्फ ६८ लाख, पर्यटनतर्फ ४० लाख, भवन तथा सहरी विकासतर्फ २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
यस्तै लैंगिक समानता र सामाजिक सशक्तीकरण तर्फ १ करोड ७८ लाख, सहकारीतर्फ ५ लाख, कृषि–पशुपंक्षीतर्फ ४ करोड, न्यायिक समितितर्फ १० लाख, विपद् व्यवस्थापनतर्फ ८१ लाख ७५ हजार, उर्जा तथा ग्रामिण विधुतीकरणमा १२ करोड २५ लाख ४५ हजार विनियोजन गरिएको उपप्रमुख महतोले पेस गरेको बजेट वक्तव्यमा उल्लेख छ ।
नगर प्रमुख प्रह्लादकुमार क्षेत्रीले राजनीतिक दल, उद्योगी, व्यवसायी र नागरिक समाजसँगको वृहत् छलफल र सहमतिबाट बजेट निर्माण गरिएको बताए । बजेटले समृद्ध नगर बनाउने अभियानमा सघाउ पुग्ने अपेक्षा गरिएको उल्लेख गरे ०८२ र०८३ का लागि ४५ करोड २७ लाख ७७ हजारको अनुमानित वजेट प्रस्ताव सार्वजनिक गरेका छन् ।

औरही सरकार मार्फत सामाजिक सुरक्षा एवं संरक्षण प्राप्त गर्ने व्यवस्थाबाट सम्मुनत, सभ्य, सुसंस्कृत र न्यायपूर्ण समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा सहित औरही नगरपालिकाको १६ औं नगर सभाबाट उक्त अनुमानित बजेट प्रस्तुत गर्दैै नीति तथा कार्यक्रम औरही नगरपालिकाको प्रमुख प्रदीप खडकाले सार्वजनिक गरेका छन्।

मंगलबार गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले नगरसभामा आर्थिक वर्ष २०८२–८३ को लागि १ अर्ब १५ लाख ५५ हजार ५०० रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । संघीय सरकार अनुदानबाट ५० करोड २४ लाख, प्रदेश सरकार अनुदानबाट २ करोड ५५ लाख १७ हजार, राजश्व बाँडफाँडबाट २० करोड, ७ लाख ३८ हजार ३९२ र आन्तरिक स्रोतबाट २७ करोड १५ लाख १०८ रुपैयाँ गरी कुल १ अर्ब १ लाख ५५ हजार ५०० रुपैयाँको आय व्यय सहितको बजेट विनियोजन गरिएको नगरप्रमुख डा. महतोले बताए ।

त्यसैगरी सोनमा गाउँपालिकाको ४९ करोड ३८ लाख र बलवा नगरपालिककाको ५२ करोड ९१ लाख ९४ हजार ५ सय ७६ अनुमानित बजेट सार्वजनिक गरिएको छ।पिपरा गाउँपालिकाले ५३ करोड ५१ लाख ४७ हजार ३ सय बजेट प्रस्तुत गरेको छ भने बर्दिवास नगरपालिकाले १ अर्ब २२ करोड ४० लाख १० हजारको बजेट ल्याएको छ ।

यसअघि रामगोपालपुर, मनरासिशवा, एकडारा, लोहरपट्टी, मटिहानी, महोत्तरी, सम्सी र भंगहाले बजेट र नीति तथा कार्यक्रम ल्याएका थिए । महोत्तरीको १५ स्थानीय तहमध्ये जलेश्वर नगरपालिका बाहेक १४ स्थानीय तहले बजेट र नीति तथा कार्यक्रम ल्याएका छन् ।