सांकेतिक तस्विर
भैरहवा । भैरहवामा एक युवकको शव फेला परेको छ । बसपार्क नजिकै होटल सि प्रिन्स तल युवकको शव फेला परेको हो । ४ तले होटलको कुन तलाबाट खसेर उनको मृत्यु भएको अहिले सम्म खुलेको छैन ।
होटलमा युवक अन्य साथीहरुसंगै बसेको र चोरी गरेर भाग्ने क्रममा खसेपछि उनको मृत्यु भएको प्रहरीको अनुमान छ ।



मृतक २४ वर्षीय अमित यादव रहेका छन् । होटलबाट केही रकम समेत हराई रहेको छ । प्रहरी अहिले घटनास्थलमै रहेको छ । घटना विषयमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।




