
एनप्यावसन बर्दिवासले आयोजना गरेको हिज्जे प्रतियोगितामा माउन्ट एभरेस्ट बुद्व सिता इंगलिस वोर्डिङ्ग स्कुल विजेता वनेको छ ।
सुक्रवार सप्त कविन्द्र शिक्षा निकेतनको सहजीकरणमा भएको प्रतियोगितामा प्रज्वलबाबा बोर्डिङ्ग स्कुल उपविजेता र स्वर्णिम पाठशालाले तेश्रो स्थान प्राप्त गरेको आयोजक संस्थाले जनाएको छ ।
एनआईएमवी वैंक बर्दिवास शाखाको आर्थिक सहयोगमा भएको उक्त कार्यक्रममा एनप्याव्सन अन्तर्गतका १२ वटा विद्यालयहरु सहभागी भएका थिए ।
बार्षिक कार्ययोजना अन्तर्गत शैक्षिकसत्र २०८२ यो दोश्रो कार्यक्रम हो । यसअघि प्रज्वलबाबा बोर्डिङ्ग स्कुलको सहजीकरणमा बादविवाद प्रतियोगिता भएको थियो भने यसको विजेता समेत प्रज्वलबाबा नै वनेको थियो ।
विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा रुची जगाउने उदेश्यले आयोजना हुने यस्ता फरक-फरक विधाका कार्यक्रम यो शैक्षिकसत्रको अवधिभर नै संचालन हुनेछन ।