सुजाता राई
मोरङ । विराटनगर, असार १४ शनिबार “हमर भाषा संस्कृति हमर पहिचान” भन्ने मूल नारासहित विराटनगर–५ स्थित स्वर संगम संगीतालयमा विराट मैथिल नाट्यकला परिषद्को आयोजनामा बहुभाषिक कविगोष्ठी तथा साहित्यिक परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विविध विधाका स्रष्टाहरूको सशक्त उपस्थितिमा कविता वाचन, छन्दकाव्य, भाषिक पहिचान र साहित्यिक चेतनाबारे विस्तृत विचारविमर्श गरिएको थियो। कार्यक्रममा झण्डै ४० जना स्रष्टाहरूको सक्रिय सहभागिता रर्यो।

कार्यक्रमका प्रमुख अतिथि -स्वर संगम संगीतालयका संस्थापक अध्यक्ष कुशेश्वर राई र कार्यक्रमको अध्यक्ष परिषद्का डोमि कामतको अध्यक्षतामा कार्यक्रम सफलता पुर्ण सम्पन्न भयो
भने सञ्चालन मैथिली साहित्य अभियानका प्रतिनिधिले गर्नुभयो। कार्यक्रमका विशिष्ट अतिथिहरूमा विभिन्न साहित्यिक संस्था र अभियानसँग आबद्ध व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।
साहित्यिक योगदान तथा सांस्कृतिक सेवामा क्रियाशील पाँच जना प्रतिनिधित्व गर्ने संस्थाहरूलाई कार्यक्रममा सम्मान गरे।
सम्मानितहरु=१)कुशेश्वर राई संगित तथा नाटयकला प्रज्ञा प्रतिष्ठान बाट राष्ट्रिय सम्मान पाएकोमा,२)प्रिन्स प्रमोद ढ्काल पुस्तक विमोचन बापत,३)रोहिणी रसिक नरेन्द्र चापागाई स्मृति युवा पुरस्कृत ४) रामबाबु दाहाल वैदेशिक यात्रा जाने भएकोले ५)कर्ण संजय नेपाल प्रज्ञा प्रतिष्ठान द्वारा आयोजित राष्ट्रिय कविता महोत्सव पुरस्कृत ।

यस प्रकारका बहुभाषिक तथा बहुपक्षीय साहित्यिक गतिविधिहरूले स्थानीय भाषाको संरक्षण, संस्कृतिको प्रवर्द्धन र सर्जकहरूको आपसी सहकार्यलाई थप सुदृढ बनाउने विश्वास आयोजकहरूले व्यक्त गरेका थिए।


