महोत्तरी - महोत्तरीको गौशाला नगरपालिकामा पानीमा डुबेर एक बालिकको मृत्यु भएको छ।
गौशाला नगरपालिका १० स्थित मरहा नदी किनारमा खाल्डोमा नुहाउने क्रममा एक ११ वर्षीया बालिकाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।
मृत्यु हुनेमा गौशाला नगरपालिका–१० स्थित जलिल टोल बस्ने दिनेश मण्डलकी ११ वर्षीया छोरी करिणा कुमारी मण्डल रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक उत्तम सिंह भण्डारीले जानकारी दिए।

बालिका कालिबनि गिट्टी बालुवा प्रशोधन केन्द्र नजिक रहेको मरहा नदी किनारमा नुहाउन गएकी थिइन्।
सो ठाउँमा क्रसर उद्योगले उत्खनन गरेर छाडेको अनुमानित ५ देखि ७ फिट गहिरो खाल्डोमा वर्षाको पानी जमेको थियो।नुहाउने क्रममा बालिकाको त्यही खाल्डोमा नुहाउने क्रममा डुबेकि हुन्। डुबेर गम्भीर अवस्थामा भेटिएपछि बालिकालाई स्थानीयले उद्धार गरेर तत्काल गौशाला प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार मृत बालिकाको शव पोष्टमार्टमका लागि बर्दिबास अस्पताल पठाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए।
स्थानीयवासीले अनियमित उत्खनन् तथा त्यसपछिको व्यवस्थापनको अभावले यस्ता घटनाहरू दोहोरिन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।




