महोत्तरी - महोत्तरी सदरमुकाम जलेश्वर स्तिथ महिला सचेतना समुहले सञ्चारकर्मी तथा समुहका प्रतिनिधिहरुको सहभागितामा बालविवाह न्यूनीकरण सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।सचेतना समुहले बालविवाह न्यूनीकरणका लागि गरेको कामहरुको प्रगति विवरण सार्वजनिक गर्दै अगामी दिनमा बालविवाह विरुद्धको अभियानलाई झन सशक्त बनाउने लक्ष्य रहेको जानकारी दिएको छ ।

महिला सचेतना समुह महोत्तरीले ग्रामीण भेगका दलित, जनजाति, सिमान्तकृत तथा पिछडिएका वर्गमा शिक्षा अभाव, स्वास्थ्य सम्बन्धी जानकारीको अभाव सँगै पुरानो पद्धति र विकृत संस्कृतिको प्रभावका कारण बालविवाह हुने गरेको सचेतना समुहको धारणा रहेको संस्थाकी कार्यक्रम अधिकृत सन्जु पाण्डेयले बताइन ।
उनले महिला सचेतना समुह अन्तर्गत बनाइएको विभिन्न आमा समुह, किशोरी समुह, नागरिक निगरानी समिति, महिला अधिकारकर्मी, महिला स्वयंसेविकाहरुको ग्रामीण भेगमा सशक्त र प्रखर उपस्थितिले अभियानलाई सफलता प्रदान गरेको बताइन ।
संस्थाले विद्यालयका बालबालिका, समाजका अगुवा तथा अभिभावहरुमा बालविवाह बारे जानकारी सहित कानुन द्वारा तोकिएको दण्ड सजाय बारे जनचेतना प्रदान गराएको थियो ।
यस सँगै यौन तथा प्रजन्न स्वास्थ्य सम्बन्धी जानकारी र नेतृत्व व्यवस्थापन सम्बन्धी तालिम प्रदान गर्दै समुहका प्रतिनिधिहरुलाई दक्ष बनाउने कार्यक्रमहरु संचालन भएको जानकारी दिए । बालविवाह न्यूनीकरण गर्न विवाह सम्पन्न गराउने पण्डित मौलानामा जनचेतना कार्यक्रम सहित महिलाहरुमा नाट्य रूपान्तरण गरिएको वीडियो समाग्रीहरुको माध्यमले बालविवाह गर्ने गराउनेहरुले भोग्नुपर्ने समस्याहरु प्रस्तुत गरिएको थियो । त्यस्तै विभिन्न सरोकारवाला निकायहरु सँग सीप र जागरूकता कार्यक्रमहरुको अभ्यास र त्यस्ता कार्यक्रमहरुमा सहभागिता समेत रहेको थियो ।
महोत्तरीको रामगोपालपुर नगरपालिका तथा एकडारा गाउँपालिकामा संचालन भएको यस्ता विभिन्न कार्यक्रमहरु मार्फ़त संस्थाले पन्द्रह वटा बालविवाहमा रोक लगाउन सकेको समेत जानकारी दिएको छ ।त्यस्तै कार्यक्रममा एकडारा गाउँपालिका भटौलिया कि आयशा खातुनले आफ्ना अनुभव समेत साझा गरेकी थिईन ।महिला सचेतना समुह अन्तर्गतको नागरिक निगरानी समुहकि प्रतिनिधि खातुनले मुस्लिम समुदायकी छोरी ले भोग्नु पर्ने समस्या र आफ्ना प्रयासहरु बारे अनुभव साझा गरिन ।
उनले मुस्लिम समुदायमा एसईई समम्को अध्यन गर्नलाई पनि धेरै संघर्ष गर्नु पर्ने अवस्था रहेको बताइन । "मुस्लिम समुदायमा छोरी लाई बढ़ी पढ्न दिईदैन धेरै संघर्ष गरियो भने एसईई समम् गर्न दिनेगर्छन र त्यसपछि विवाह गर्न अभिभावकले नै जबरदस्ती गर्ने आफुले प्रतिकार गर्न खोज्दा धाकधम्की सहनुपर्ने र कतिपय अवस्थामा जबरदस्ती विवाह नै गराईदिने गरेको अवस्था रहेको बताइन"।
उनले आफ्नै एकजना साथीलाई उसको अभिभावकले बालविवाह गराउन लागेको घटना बारे समेत चर्चा गरिन । अभिभावकले आफ्नो जिम्मेवारीको झारो टार्न दाइजो दिई बालविवाह गराउन तयार हुन्छन । तर त्यही दाइजोको पैसाले छोरीलाई उच्च शिक्षा हासिल गर्न मद्दत पुर्याई आत्मनिर्भर बनाउने काम गर्दैनन् भनी गुनाशो गरिन ।
त्यस्तै रामगोपालपुर कि चाँदनी यादवले अभिभावकले उनको गर्न लागेको बालविवाह प्रति प्रतिकार गरेको बताउदै अब उनी अध्ययन संगै समाजमा बालविवाहको कोही सिकार नहोस भन्दै समाजिक काम पनि गरिरहेको बताइन र अहिले उनको वडाटोल एकदम राम्रो भएको अनुभव साझा गरिन ।उक्त कार्यक्रममा सञ्चारकर्मी सहित महिला अधिकारकर्मी सहित संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।




