महोत्तरी — पुर्वाधार विकास कार्यालय महोत्तरीमा पत्रकारमाथि दुर्व्यवहार भएको घटनाबारे जिल्ला प्रशासन कार्यालय महोत्तरीले छानबिन प्रक्रिया अघि बढाएको छ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालका अनुसार घटनाको विस्तृत अध्ययन गर्नका लागि छानबिन समिति गठन भइसकेको छ र समितिले औपचारिक रूपमा कार्य थालिसकेको छ। “समितिले केही दिनभित्र प्रतिवेदन पेश गर्नेछ र त्यसको आधारमा दोषी ठहरिने व्यक्तिहरूमाथि कानुन बमोजिम कारबाही गरिनेछ,” प्रजिअ रिसालले बताए।



घटना गत मध्यराति करिब १ बजेको हो। अवैध क्रियाकलाप भइरहेको सूचनाका आधारमा समाचार संकलन गर्न पुगेका पत्रकारमाथि कार्यालय परिसरमै घेरा हालेर हुलहुज्जत र दुव्र्यवहार गरिएको थियो।
सार्वजनिक निकायमा भइरहेका यस्ता घटनाले जवाफदेहिता र पारदर्शितामाथि प्रश्न उठाएको छ।
प्रजिअ रिसालले निष्पक्ष र पारदर्शी छानबिनको प्रतिबद्धता जनाउँदै छानबिन समितिको प्रतिवेदनपछि मात्र घटनाको वास्तविकता र संलग्न व्यक्तिहरूको भूमिकाबारे स्पष्ट हुने बताए।






