सुजाता राई
इटहरी । पोखराका स्रष्टा तीर्थ गुरुङको पछिल्लो पुस्तक ‘हिउँको गीत’ को पूर्वमा विमर्श भएको छ । सप्तकोसी साहित्य प्रतिष्ठान, कोसी प्रदेशले इटहरी १२ मा रहेको एरिना बेङ्क्वैटको सभाहलमा कार्यक्रमको आयोजना गरेर उक्त कृतिको विमर्श गरिएको हो ।
कोसी प्रदेश प्रमुख परशुराम खापुङ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा मनु मञ्जील, डा. अस्मिता विष्ट, जेबी थुलुङले विमर्शमा भाग लिएका थिए ।
कार्यक्रममा कवि एवम् प्रदेश सांसद मीना श्रेष्ठ, प्रा.डा. बद्रीविशाल पोखरेल, सुन्दरहरैँचा साहित्य कला विकास समितिका अध्यक्ष डा. छवि वैरागी घिमिरे, कोसी साहित्य कला प्रतिष्ठान नेपालका तदर्थ समिति अध्यक्ष केशु विरही, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, झोराहाट नाटक समूहका अध्यक्ष भरत बर्बरिक, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खालगायतका विभिन्न साहित्यिक सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति भयो।




कार्यक्रममा बद्री भिखारी, देवान किराँती, टीका आत्रेय, तिला लेकाली, हेमन यात्री, अमित थेबे, परिक्रमा श्रेष्ठ, श्रीप्रसाद पोखरेल, हेमसागर पोखरेल, धनजित पराजुली, निरज कोइराला,राज माङ्लक, दिलीप राई सगर, सोनु जयन्ती, रामप्रसाद खरेल, जेबी खत्री, टीका मिलन, प्रकाश भट्टराई, प्रिन्स प्रमोदकुमार ढकाल, पुष्पा सायरा, रोमु अधिकारी, जी.बी. गजल, विनोद विवश घिमिरे, केपी घिमिरे, गीताप्रसाद श्रेष्ठ, एकराज भट्टराई, मुना आत्रेय, गीता कुलुङलगायतका स्रष्टा तथा कलाकारहरूको बाक्लो सहभागिता रहेको थियो ।
संस्थाका उपाध्यक्ष सुविद गुरागाईंको शुभकामना मन्तव्य रहेको कार्यक्रममा कवि चन्द्र गुरुङले उपन्यासकारको सङ्क्षिप्त जीवनी प्रस्तुत गरे।
सगरमाथा साहित्य प्रतिष्ठान, कोसी प्रदेशका अध्यक्ष मिश्रा गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम सहसचिव अभिमन्यु अभिजितले चलाए।




