सुजाता राई
विराटनगर । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा महिला उद्यमी संघ मोरङले सोमबार विराटनगरस्थित इस्टर्न स्टार होटेलमा नौ जना युवा उद्यमीलाई सम्मान गर्यो।
कार्यक्रमको प्रमुख अतिथि महासङ्घकी अध्यक्ष शोभा ज्ञवाली थिइन्।
स्वदेशमै बसेर अल्प समयमा सफल उद्यमी बनेका युवालाई प्रोत्साहन स्वरूप गरिएको कार्यक्रममा ४ जना—नर श्रेष्ठ, जेनिशा सुमन, सीता थापा र सागर ढुंगेल—ले आफ्ना संघर्ष र सफलताका अनुभव सुनाए।

सोही अवसरमा अध्यक्ष ज्ञवालीको नेतृत्वमा पहिलो कार्यसमिति गठन भयो। पदाधिकारीमा अध्यक्ष कृति श्रेष्ठ उपाध्याय, उपाध्यक्ष सुशीला सापकोटा, सचिव सपना रिजाल, कोषाध्यक्ष शारदा तामाङ तथा सदस्य माया गुरुङ, चन्दा लिम्बु, तारा बास्कोटा र निलाम भट्टराई चयन भए।
कार्यक्रममा स्वागत मन्तव्य प्रधानले दिए भने सञ्चालन निशा श्रेष्ठले गरिन्।




