धनगढीमाई नगरपालिका–१० स्थित बाबुराम खोलाको डिलमा बुधबार बिहान एक नवजात शिशुको शव फेला परेको छ। शिशुको शव झाडीमा कपडामा बेरिएको अवस्थामा भेटिएको थियो।
प्रहरीका अनुसार, मृत शिशु भर्खरै जन्मिएको बालक हुन्। स्थानीय बासिन्दाले बुधबार बिहान करिब ९ बजे शिशु फालेको देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले घटनाबारे अनुसन्धान जारी रहेको र शिशु फाल्ने व्यक्तिको पहिचान तथा खोजी भइरहेको जानकारी दिए।
प्रहरीले घटनास्थलको मुचुल्का र अन्य अनुसन्धान कार्य तीव्र गतिमा अगाडि बढाएको छ




