सुजाता राई
मोरङ । भाषा, साहित्य, कला तथा संस्कृतिको विकासका लागि स्थापित संस्था ‘कोसी साहित्य–कला प्रतिष्ठान नेपाल’ ले साहित्यिक जागरणको अभियान लिएर गाउँ गाउँमा पुगिरहेको छ । लेखक तथा अनुसन्धाता केशु विरहीको अध्यक्षतामा स्थापित यस संस्थाले मोरङका हरेक पालिकामा पुगेर संस्थाको उद्देश्य तथा कार्यक्रमका बारेमा जानकारी गराउनुका साथै उनीहरूबाट सुझाव सङ्कलन गर्ने कामसमेत गरिहेको छ ।
मोरङ जिल्लाका विभिन्न पालिकाका भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा लामो समयदेखि काम गरिरहेका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा असार ३ गते मात्र गठन भएको यस संस्थाले विभिन्न पालिकामा पुगेर त्यस क्षेत्रका भाषा, कला, साहित्य, संस्कृति तथा समाजसेवाका क्षेत्रमा काम गरिरहेका व्यक्तित्वहरूसँगको भेटघाट तथा सुझाव सङ्कलनको कार्यलाई तीव्रता दिएको छ ।
यस क्रममा बेलबारी, रङ्गेली, लेटाङ, कानेपोखरी आदि पालिकामा पुगेर स्थानीय सरकारका प्रमुख, प्रतिनिधि तथा त्यस क्षेत्रमा रहेर भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा काम गरिरहेका पालिकाका व्यक्तिहरू भेटघाट तथा छलफल गरिसकेको छ भने अब छिटै मोरङका अन्य पालिकामा पनि पुगेर भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको संस्थाका अध्यक्ष केशु विरही बताउँछन् ।
विरहीको अध्यक्षतामा गठित १३ सदस्यीय तदर्थ समितिको उपाध्यक्षमा विष्णु भण्डारी आचार्य, सचिवमा नवराज पोखरेल ‘नवशिला’, सहसचिवमा गीता कुलुङ राई र कोषाध्यक्षमा चिरञ्जीवी काफ्ले रहेका छन् । त्यस्तै सदस्यहरूमा प्रिन्स प्रमोदकुमार ढकाल, मनोस विश्वकर्मा, सिजन श्रेष्ठ, नवीन थापा क्षेत्री, लक्ष्मीप्रसाद फुयल, मनोज कार्की, प्रकाशनारायण चौधरी, उमा बुढाथोकी रहेका छन् ।
साहित्यिक संस्थाहरू स्थापना हुने तर आवश्यक कोषका अभावमा गठन भएको केही वर्षमै बन्द हुने कुरालाई मध्यनजर गर्दै आफूहरूको विशेष ध्यान संस्थाको अक्षयकोष निर्माणमा रहेको र त्यसको सुनिच्तिता पनि गराइरहेको नव गठित तदर्थ समितिका सचिव नवराज पोखरेल ‘नवशिला’ बताउँछन् ।
धेरैजसो संस्थाहरूको ध्येय भनेको अरूले देलान् र संस्था चलाउँला भन्ने नै देखिन्छ तर उनीहरू भने समय र विवेक मात्र नभएर आर्थिक लगानीसमेत आफैँ गरेर संस्थाको आधार खडा गर्ने योजनामा रहेका छन् । अरूले देलान् भन्ने भन्दा पनि आफैँबाट सुरु गर्नुपर्छ भन्ने अभियानका साथ यस संस्थाको स्थापना गरिएको, संस्थापकहरूमध्येबाटै विभिन्न विधाका पुरस्कारका लागि अक्षयकोषको स्थापना गर्न लागिएको अध्यक्ष केशु विरही बताउँछन् ।
उनी भन्छन्, ‘धेरैजसो संस्थाहरू अरूकै भरमा स्थापना भएका देखिन्छन् । स्थानीय पालिका वा विभिन्न निकायले सहयोग गर्लान् र कार्यक्रम गरौँला भन्ने उनीहरूको ध्येय देखिन्छ तर हामी भने आफैँबाट लगानी गरेर यसको आर्थिक आधार तयार गर्ने क्रममा छौँ । हामी सहयोग माग्दैनौँ, हाम्रो काम हेरेर आफैँ दिउँ दिउँ लाग्ने बनाउँछौँ । सुरु आफैँबाट गर्नुपर्छ भन्ने अभियानमा पनि हो यो ।’
उनीहरूले सुरु गरेको यस अभियानलाई धेरैले सकारात्मक रूपमा हेरिरहेका छन् । सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष समेत रहेका अग्रज स्रष्टा डा. छवि वैरागी घिमिरेको यस संस्थालाई जनस्तरबाट सञ्चालित प्रज्ञा–प्रतिष्ठानको अवधारणामा अघि बढाउनु पर्ने धारणा रहेको छ ।
प्रा.डा. भीम खतिवडा यस अभियानलाई आफूले नजिकबाट नियालिरहेको, साथीहरूको साहित्यप्रतिको सक्रियताले आफू निकै प्रभावित भएको बताउँछन् । यस अभियानमा सबैको साथ रहने विचार व्यक्त गर्दछन् ।
मोरङ । भाषा, साहित्य, कला तथा संस्कृतिको विकासका लागि स्थापित संस्था ‘कोसी साहित्य–कला प्रतिष्ठान नेपाल’ ले साहित्यिक जागरणको अभियान लिएर गाउँ गाउँमा पुगिरहेको छ । लेखक तथा अनुसन्धाता केशु विरहीको अध्यक्षतामा स्थापित यस संस्थाले मोरङका हरेक पालिकामा पुगेर संस्थाको उद्देश्य तथा कार्यक्रमका बारेमा जानकारी गराउनुका साथै उनीहरूबाट सुझाव सङ्कलन गर्ने कामसमेत गरिहेको छ ।
मोरङ जिल्लाका विभिन्न पालिकाका भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा लामो समयदेखि काम गरिरहेका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा असार ३ गते मात्र गठन भएको यस संस्थाले विभिन्न पालिकामा पुगेर त्यस क्षेत्रका भाषा, कला, साहित्य, संस्कृति तथा समाजसेवाका क्षेत्रमा काम गरिरहेका व्यक्तित्वहरूसँगको भेटघाट तथा सुझाव सङ्कलनको कार्यलाई तीव्रता दिएको छ ।
यस क्रममा बेलबारी, रङ्गेली, लेटाङ, कानेपोखरी आदि पालिकामा पुगेर स्थानीय सरकारका प्रमुख, प्रतिनिधि तथा त्यस क्षेत्रमा रहेर भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा काम गरिरहेका पालिकाका व्यक्तिहरू भेटघाट तथा छलफल गरिसकेको छ भने अब छिटै मोरङका अन्य पालिकामा पनि पुगेर भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको संस्थाका अध्यक्ष केशु विरही बताउँछन् ।
विरहीको अध्यक्षतामा गठित १३ सदस्यीय तदर्थ समितिको उपाध्यक्षमा विष्णु भण्डारी आचार्य, सचिवमा नवराज पोखरेल ‘नवशिला’, सहसचिवमा गीता कुलुङ राई र कोषाध्यक्षमा चिरञ्जीवी काफ्ले रहेका छन् । त्यस्तै सदस्यहरूमा प्रिन्स प्रमोदकुमार ढकाल, मनोस विश्वकर्मा, सिजन श्रेष्ठ, नवीन थापा क्षेत्री, लक्ष्मीप्रसाद फुयल, मनोज कार्की, प्रकाशनारायण चौधरी, उमा बुढाथोकी रहेका छन् ।
साहित्यिक संस्थाहरू स्थापना हुने तर आवश्यक कोषका अभावमा गठन भएको केही वर्षमै बन्द हुने कुरालाई मध्यनजर गर्दै आफूहरूको विशेष ध्यान संस्थाको अक्षयकोष निर्माणमा रहेको र त्यसको सुनिच्तिता पनि गराइरहेको नव गठित तदर्थ समितिका सचिव नवराज पोखरेल ‘नवशिला’ बताउँछन् ।
धेरैजसो संस्थाहरूको ध्येय भनेको अरूले देलान् र संस्था चलाउँला भन्ने नै देखिन्छ तर उनीहरू भने समय र विवेक मात्र नभएर आर्थिक लगानीसमेत आफैँ गरेर संस्थाको आधार खडा गर्ने योजनामा रहेका छन् । अरूले देलान् भन्ने भन्दा पनि आफैँबाट सुरु गर्नुपर्छ भन्ने अभियानका साथ यस संस्थाको स्थापना गरिएको, संस्थापकहरूमध्येबाटै विभिन्न विधाका पुरस्कारका लागि अक्षयकोषको स्थापना गर्न लागिएको अध्यक्ष केशु विरही बताउँछन् ।
उनी भन्छन्, ‘धेरैजसो संस्थाहरू अरूकै भरमा स्थापना भएका देखिन्छन् । स्थानीय पालिका वा विभिन्न निकायले सहयोग गर्लान् र कार्यक्रम गरौँला भन्ने उनीहरूको ध्येय देखिन्छ तर हामी भने आफैँबाट लगानी गरेर यसको आर्थिक आधार तयार गर्ने क्रममा छौँ । हामी सहयोग माग्दैनौँ, हाम्रो काम हेरेर आफैँ दिउँ दिउँ लाग्ने बनाउँछौँ । सुरु आफैँबाट गर्नुपर्छ भन्ने अभियानमा पनि हो यो।’