महोत्तरी- महोत्तरीको पिपरा गाउँपालिका–५, सहोडवाका ३० वर्षीय सुरेन्द्र मुखियामाथि चक्कु प्रहार गरी हत्या प्रयास भएको छ। मुखियालाई स्थानीय २७ वर्षीय राम अवतार राम (टकला) ले चक्कु प्रहार गरेका थिए।
घटनामा संलग्न रामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी शैलेन्द्रकुमार भट्टले जानकारी दिए। चक्कु प्रहारबाट मुखियाको पिठ्युँसहित शरीरका विभिन्न भागमा घाउ लागेको छ। गम्भीर घाइते भएका उनलाई जनकपुरस्थित रामजानकी अस्पतालमा उपचारक भई रहको प्रवक्ता भट्टले बताए।
आरोपी राम यसअघि चोरी प्रकरणमा पक्राउ परेका थिए र केही दिनअघि मात्र कारागारबाट छुटेका थिए। घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




