सुजाता राई
मोरङ । नोबेल साकोस साहित्य संस्था विराटनगर शाखाले आयोजना गरेको ३७ औँ साहित्यिक शृङ्खलामा समीक्षक हरिप्रसाद बराललाई सम्मान गरिएको छ।



विराटनगर–४, दाहाल प्रतिष्ठानको सभाहलमा सम्पन्न कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव दिनेशराज सुवेदी प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेश अध्यक्ष बाबुराम पोखरेल, कोसी साहित्य–कला परिषद् नेपाल अध्यक्ष केशु विरही, झोराहाट नाट्य समूह अध्यक्ष भरत बर्बरिक, सिर्जना इनरुवा सचिव रमेन्द्र कोइराला, विराट मैथिल नाट्य कला केन्द्र अध्यक्ष डोमी कामत, दाहाल प्रतिष्ठान महासचिव सूर्यकुमार दाहाल, अन्तर्राष्ट्रिय कवि राजेन्द्र गुरागाईँलगायतका व्यक्तित्वहरूको उपस्थिति थियो।

शृङ्खलामा उमानाथ भट्टराई अचल, गोपाल निर्भीक, भवानीप्रसाद पोखरेल, प्रिन्स प्रमोद ढकाल, प्रयाग न्यौपाने, पुष्पा सायरा, नानुमैया दाहाल, राधा सुवेदी, गीतादेवी पोखरेल, सुशीला प्रसाईँ, स्वयम्भूनाथ कार्की, उद्धव केसी, ऋषि तिवारी, भूपाल अधिकारी, शैलेन्द्र घिमिरे, प्रेमप्रसाद रिजाल, नेत्र खतिवडा, शान्ता भट्टराई, केशव रिजाल, कर्ण सञ्जय, सिर्जना प्रसाईँ, कुमार श्रेष्ठ, रेनुका राई, श्रेया सापकोटालगायत स्रष्टाहरूले रचना वाचन गरेका थिए।

मञ्जु दाहाल घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष भूपाल अधिकारीले गरेका थिए भने सञ्चालन संस्थाकी सचिव सुजाता राईले गरेकी थिइन्।






