जनकपुरधाम - जनकपुरका पूर्वराज्यमन्त्री संजयकुमार साह टकला ललतिपुरमा रहेको नख्खु जेलबाट निस्केका छन् ।
जेनजीको आन्दोलन उग्र भएपछि रास्वपा सभापति रवि लामिछानेसहित सबै कैदी निस्किएपछि उनी पनि निस्केका हुन्।
उनी १२ वर्षदेखि जेलमा जन्मकैदको सजाय भोगिरहेका थिए। उनी जनकपुरबाट तत्कालीन मधेशी जनत अधिकार फोरमबाट समानुपातिक र पछि सदभावना पार्टीबाट संविधान सभा सदस्यमा दुईपटक निर्वाचित भएका थिए।
उनीमाथि २०६९ साल बैशाख १८ गते जनकपुरको रामानन्द चौकमा ५ जनाको ज्यान जाने गरी भएको बम विष्फोट घटनाको मुख्य अभियुक्त रहेको अभियोग छ।
यस्तै जनकपुरका रेडियो टुडेका संचार उद्यमी अरुण सिंहानियाको हत्या काण्डको पनि मुख्य योजनाकारको अभियोग छ।
जेलबाट निस्किएपछि साहले आफू निर्दोष रहेको दावी गरेका छन् । सामाजिक संजाल मार्फत् जेनजीको आन्दोलनको प्रंशास गर्दै आफ्ना धारणा सार्वजनिक गरेका हुन्।
दलको आडमा न्यायधीशहरुले निर्दोशलाई दोषी र दोषीलाई निर्दोश सावित गरेर जेल हाल्ने गरेको घटना क्रमकै आफू पनि सिकार भएको उनको दावी छ ।




