काठमाडौं- जेनजी आन्दोलनका क्रममा हालसम्म देशभरिका प्रदर्शनकारी, प्रहरी र कैदीबन्दी गरी ३० जनाले ज्यान गुमाएका छन्। २ सय ५३ जना विभिन्न अस्पतालमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरणमा छ।
मन्त्रालयले दिएको पछिल्लो विवरणअनुसार अहिलेसम्म १ हजार ३३ जना घाइते भएका छन्। ७ सय १३ घाइतेलाई डिस्चार्ज गरिएको छ भने ५५ जनालाई अन्यत्र रेफर पनि मन्त्रालयले जानकारी दिएको छ।
सिभिल अस्पतालमा आएका ४३६ घाइतेमध्ये ३ सय ४४ जना उपचारपछि घर फर्किएका छन् भने ६ जनाको मृत्यु भएको छ।
ट्रमा सेन्टरमा १ सय ६१ जना उपचारका लागि पुगेकामध्ये ५८ जना अझै उपचाररत छन् भने ८ जनाको मृत्यु भएको छ।
भेरी अस्पतालमा उपचारका लागि आएका २८ घाइतेमध्ये ५ जनाले ज्यान गुमाएका छन्। त्यहाँ ज्यान गुमाउने कैदीबन्दी हुन्।
काठमाडौँको एभरेस्ट अस्पतालमा ३, केएमसीमा २, टिचिङमा १, फ्रन्टलाइनमा ३ र बिपी धरानमा २ जनाको ज्यान गुमेको हो।
हालसम्म २८ वटा अस्पतालमा उपचार भइरहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ।




