महोत्तरी – रौतहटको गौर नगरपालिका–६ की १० वर्षीया अमृता साह जितिया पर्वको नहायखायका क्रममा लाल बकैया नदीमा स्नान गर्ने क्रममा बेपत्ता भएकी छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार व्रतालुहरूसँगै नदीमा नुहाउन गएकी साह खोलामा डुबेर हराएकी हुन्। घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले उनको खोजी कार्य सुरु गरेका छन्।



जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार हालसम्म साहको अवस्था पत्ता लागेको छैन र खोजी कार्य जारी छ।
जितिया पर्वको अवसरमा व्रतालु महिलाहरूले नहायखायका क्रममा नदी तथा पोखरीमा सामूहिक स्नान गर्ने परम्परा रहिआएको छ।




