महोत्तरी – महोत्तरीको औरही नगरपालिका–१, औरही बजारमा श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ कथा सम्पन्न भएको छ। औरही गाउँवासीहरूको आयोजनामा भदौ २१ गतेदेखि सुरु भएको महायज्ञ आज (शनिवार) छ वटा कुण्डमा यज्ञ सम्पन्न गर्दै विभिन्न औपचारिक कार्यक्रमसहित सम्पन्न भएको हो।
कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष राजकिशोर चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक समेत रहेका चौधरीले महायज्ञ हिन्दू धर्मसंस्कृति जोगाउन र समाजमा अमनचैन, सुख–शान्ति कायम राख्ने उद्देश्यले आयोजना गरिएको बताए।
ज्ञान महायज्ञको उद्घाटन श्री शिवांश महाराजले गरेका थिए। कथावाचन, प्रवचनसँगै भजन कलाकार, भजन मण्डली, भजन गायक तथा यज्ञ महाराजद्वारा धार्मिक प्रस्तुति गरिएको थियो।




















