महोत्तरी – महोत्तरीमा जेन–जी बिद्रोहमा ज्यान गुमाउनेहरुको नाममा दिपप्रज्वलन गर्दै स्थानियहरुले निवर्तमान गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाहीको माग गरिएको छ । निर्दोष युवाहरुको ज्यान जाने गरी लेखक र ओली नै मुख्य दोषी भएको भन्दै कारवाहीको माग गरेका हुन् ।
आज महोत्तरीको बर्दिवासमा नागरिक समाजले आयोजना गरेको दिपप्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रममा बोल्दै विभिन्न वक्ताहरुले ५१ जनाको ज्यान जाने गरी निर्देशन दिने उच्च अधिकारीलाई समेत पक्राउ गर्नुपर्ने धारणा राखे ।



जेनजी विद्रोहले नेपाल नयाँ युगमा प्रवेश गरेको वताउदै तानाशाही र देशलाई खोक्रो बनाउनेहरुको अवशान भइसकेको उनीहरुको भनाई छ ।
श्रद्धाञ्जली तथा दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले अन्तरिम सरकार परिवर्तनको संवाहक बन्नुपर्ने बताउँदै देशको नेतृत्व जेन–जीहरुको पोल्टामा पुगेको बताए ।
प्रहरीको गोली लागेर मृत्यु भएका युवाहरुका आफन्तहरुले यसअघिका प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकविरुद्ध मुद्दा समेत दायर गर्न सुरु गरेका छन् । आज नै ओलीविरुद्ध कर्तव्य ज्यान कसुरमा मुद्दा दायर भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।





