बर्दिबास - बर्दिबास–१ स्थित ऐतिहासिक दुर्गा मन्दिर परिसरमा फूलपाती (असोज १३) र अष्टमी (असोज १४) का दिन दुईदिने दुर्गा पुजा तथा बृहत् सांस्कृतिक महोत्सव भव्यताका साथ सम्पन्न भएको छ । युवा टोल सुधार समितिको अथक प्रयासमा सम्पन्न सो कार्यक्रममा पूजाआजा, नाटक, जादु, कमेडी, नृत्य, गायन लगायत विविध सांस्कृतिक प्रस्तुति समावेश गरिएका थिए ।
कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावप्रति दुर्गा पुजा तयारी समितिले हृदयदेखि आभार व्यक्त गरेको छ ।
कार्यक्रमलाई सफल बनाउन दिनरात खट्ने कार्यक्रम डिजाइनर तथा उद्घोषक ईश्वर पोखरेल, उद्घोषक सुनिता बराल, जीवनराज दाहाल, सबिना लामगादे लगायतले उल्लेखनीय भूमिका निर्वाह गरे ।
सांस्कृतिक प्रस्तुतिमा राष्ट्रिय कलाकारहरू सुबोध गौतम, रुद्रसेन विश्वकर्मा, श्रीकृष्ण लुइँटेल, प्रभात लामा, अर्जुन बाबु लामा, अचल बहादुर केसी (हेटौडा) लगायतले सहभागिता जनाएका थिए । लागू औषध तथा दुर्व्यसनविरुद्धको नाटक निर्देशक बिनोद ढुङ्गेलको निर्देशनमा रमेश खत्री, अनिल दाहाल, मदन सुन्दास, राजकुमार महरा, कमला कार्की, सुशान्त कट्टेल, रोहन पौडेल लगायत कलाकारहरूले अभिनय गरेका थिए ।
स्थानीय गायकहरू जिवनाथ पोखरेल र डिप्सन कार्की, नृत्य कलाकार सबिना लामगादे, युनिषा भण्डारी, सङ्गबिता पुरी, सेनिशा सेन्चुरी, बर्दिबास डान्स स्टुडियोका कलाकारहरू हरि मगर, मणिराज मगर, सुमित मगर, अबिना मगर, समीक्षा मगर आदिले आकर्षक प्रस्तुति दिएका थिए । कार्यक्रमको मिडिया सहयोगमा BG मिडिया, बर्दिबास मिडिया हाउस, राष्ट्रिय लोक तथा दोहोरी महोत्तरी, गौतम होटल परिवार लगायतको उल्लेखनीय योगदान रहेको थियो ।
पूजाआजामा दिनरात समर्पित रहनु भएका पुरेत गुरु चन्द्र प्रसाद बरालको विशेष भूमिका रहेको समितिले जनाएको छ ।
कार्यक्रम सफल बनाउन बर्दिबास नगरपालिका, जनप्रतिनिधि, होटल तथा पर्यटन व्यवसायी महासंघ (मधेश प्रदेश) का अध्यक्ष हिरालाल गौतम, उद्योग वाणिज्य संघ बर्दिबासका अध्यक्ष विष्णु खड्का, युवा टोल सुधार समितिका अध्यक्ष बिजु भट्टराई, दुर्गा मन्दिर व्यवस्थापन समिति, दुर्गा पुजा तयारी समितिका संयोजक सुमित्रा भट्टराई लगायतका विभिन्न उपसमिति, संघसंस्था, राजनीतिक दल, सुरक्षाकर्मी र स्थानीयवासीको सहकार्य रहेको समितिले जानकारी दिएको छ ।
कार्यक्रम व्यवस्थापनमा राजन गौतम, कैलास पोखरेल, श्याम पौडेल, शिवु भट्टराई, छबिलाल भट्टराई, मनिषराज खतिवडा, पञ्चु बलम्पाकी, अबिनेश पोखरेल, अभिषेक पोखरेल, बिनय चौलागाईं, ग्यानबहादुर ल्हायो लगायत स्वयंसेवकहरूले सक्रिय भूमिका निर्वाह गरेका थिए । बत्ती व्यवस्थापनमा गणेश फुयाल र च्यानडाँडा सामुदायिक वनको विशेष सहयोग प्राप्त भएको थियो ।
समितिले कार्यक्रममा कुनै पनि प्रकारका त्रुटि, असावधानी वा कसैको व्यक्तित्वमा आच आउने गरी केही कमी भएको खण्डमा सामाजिक सञ्जालमार्फत क्षमायाचना पनि गरेको छ ।




