ढल्केवर- धनुषाको मिथिला नगरपालिका -२ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा मैत्रीपूर्ण हक्की प्रतियोगिता सम्पन्न भएको छ।
धनुषा जिल्ला हक्की संघको आयोजना, मिथिला युवा सञ्जाल ढल्केबरको सहयोग र गोल्डेन त्रिदेवी सेकुरिटी सर्भिस एण्ड सप्लायर्स प्राईभेट लिमिटेड को प्रायोजक मा पुरुष र महिला मैत्रीपूर्ण एकदिवसीय हक्की प्रतियोगिता भएको छ।

धनुषा जिल्ला हक्की संघका अध्यक्ष ई.मनिष सिंहको अध्यक्षतामा भएको सो प्रतियोगितामा पुरुष र महिला तर्फ जनता माध्यमिक विद्यालय नक्टाझिज प्रथम र जनता बाल क्लब दोस्रो स्थान प्राप्त गरेको कुरा प्रतियोगिताका संयोजक अरुण कुमार महतोले बताउनुभएको छ । प्रतियोगितामा प्रथम र दोस्रो विजेता समुहलाई प्रमाण पत्र दिएर सम्मान गरेका थिए भने प्रतियोगिताको एमर्जिङ प्लेयर अफ दि टुर्नामेन्ट को अवार्ड बाट साजन कुमारी महतो र राजविर यादवलाई मोडेल र प्रमाणपत्र दिएर सम्मान गरेका थिए।

"खेलमा स-साना विधार्थीहरु सक्रियताका साथ लागेको देखेर आफू एकदमै उत्साहित भएको" कार्यक्रमका प्रमुख अतिथि गोल्डेन त्रिदेवी सेकुरिटी सर्भिस एण्ड सप्लायर्स प्राईभेट लिमिटेड का सञ्चालक मुन्ना सिंहले बताउनुभयो । उहाँका अनुसार खेल राष्ट्रका लागि गौरवको विषय भएको र स्थानिय खेलहरूमा आफु सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो। सञ्चालक सिंहले सोही खेलको अवसर पारेर खेलाडीहरुलाई ४८ सेट खेलाडी ड्रेस उपलब्ध गराउनुको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा मिथिला युवा सञ्जाल का उपाध्यक्ष बिबेक ठाकुर,सचिव भोला साह , ईलाका प्रहरी कार्यालय ढल्केवरका ईन्सपेक्टर लक्ष्मण केसी, हिमालय युवा क्लव का अध्यक्ष विजय सिंह, समाजसेवी रामविलास महतो , हक्की प्रशिक्षक रविन्द्र सिंह, श्याम बाबु नायक लगायतका स्थानिय वासीहरुको उपस्थित थियो।







