महोतरी – गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्षित गरेको छ । सामुदायिक विकास युवा क्लबको अयोजनामा भएको मुन्नी मिश्री भलिबलको तेश्रो संस्कारको फाइनल खेलमा सतनाम युवा क्लब बसनिया सर्लाहीलाई पराजित गर्दै आयोजक सामुदायिक विकास युवा क्लब उपाधि सुरक्षित गरेको हो ।

सतनामलाई स्तब्ध पार्दै आइतबार भएको फाइनल ५ सेटको खेलमा अयोजक सामुदायिक विकास युवा क्लबले लगातार तीन सेट जितेर उपाधि कब्जा गर्न सफल भएको हो । सतनाम युवा क्लबका खेलाडीहरु पहिलो सेटमा कडा ठक्कर दिएपनि दोश्रो र तेश्रो सेटमा प्रतिरक्षामा सिमित भएका थिए ।

प्रदेश सांसद भरत प्रसाल साह र गौशाला नगरपालिका नगर प्रवक्ता रामपृत महतोले संयुक्त रुपमा प्रथम र दोश्रोलाई पुररस्कार प्रदान गरे । प्रथम भएका सामुदायिक विकास युवा क्बललाई नगद २२ हजार, कप, मेडल र प्रमाण पत्र प्राप्त गरे भने सतनाम युवा क्लबले नगद ११ हजार, कप, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

गौशाला नगरपालिका १२ का स्वर्गीय समाज सेवि मिश्रीलाल सिंह र मुन्नी देवीको स्मरणमा सामुदायिक विकास युवा क्लब पछिल्लो तीन वर्ष देखि छठ वर्षको अवसरमा भलिवल आयोजना गर्दै आएको छ । तेश्रो संस्कारणको खुल्ला भलिवल प्रतियोगितमा महोतरी, सर्लाही र धनुषाका १९ टिम सहभागि भएका थिए ।





