सुजाता राई
विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर र इन्द्रमोहन श्रेष्ठ स्मृति गुठी धनकुटाको संयुक्त आयोजनामा आइतबार विराटनगरमा स्रष्टासँग भेटघाट, संवाद र सिर्जना कार्यक्रम सम्पन्न भयो। कार्यक्रमको सभापतित्व साहित्यकार प्रा. कविराज न्यौपानेले गरेका थिए भने प्रमुख आतिथ्य कवि उषा शेरचन रहिन्। साथै कवि विश्वविमोहन श्रेष्ठ र राजेन्द्र शलभ सम्माननीय अतिथिमा उपस्थित थिए।

कार्यक्रममा लक्ष्मण नेवटिया, मनु मन्जिल, भूषण ढुङ्गेल, बद्री भिखारी, दिङलाली कान्छो, शङ्कर सुवेदी उत्स, मीना श्रेष्ठ, चूडामणि नेपाल अकिन्चन, देवान किराँती, प्रज्ज्वल पराजुली, सीमा आभास, हरि कट्टेल, शुभलक्ष्मी लम्साल, बाबुराम पोखरेल, मीनकुमार नवोदित, भेषराज पोखरेल, लक्ष्मी रायमाझी, उमेश लुइँटेल, मन्जुश्री गिरी, लक्ष्मी पोखरेल, रोहिणी रसिक, प्रयाग न्यौपाने, दीपा दाहाल, मदन भण्डारी, अम्बिका खरेल उप्रेती, नानीमैयाँ दाहाल, हेमसागर पोखरेल, प्रिन्स प्रमोदकुमार ढकाल, धीरज राई, तथा अन्य साहित्य साधकहरूले कविता वाचन गरी वातावरण मनमोहक बनाएका थिए।

साथै डा. विमला श्रेष्ठले गुठीका प्रमुख संरक्षकको हैसियतले शुभकामना राखिन्। सभापति कविराज न्यौपानेले धन्यवाद मन्तव्य राखे भने प्रज्ञा विवश पोखरेलले स्वागत मन्तव्य प्रस्तुत गरे।
कार्यक्रमको सञ्चालन पूर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले गरे।
फोटो कवि–पत्रकार मीनकुमार नवोदित र पत्रकार–कवि सुजाता राईको सौजन्यमा प्राप्त भएको उल्लेखनीय थियो।




