सुजाता राई
विराटनगर।महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्म जयन्तीको पूर्व सन्ध्याको अवसर पारेर विराटनगर सनातन धर्म सेवा समितिको सभा हलमा मंगलबार छन्दवाटिका नेपालको आयोजनामा भएको एक भव्य समारोहका बीच महाकाव्यकार सोमराज अभयको महाकाव्य "शेषराज दाइ' लोकार्पण भएको छ।
छन्दवाटिका नेपालका अध्यक्ष हरि कट्टेलको अध्यक्षता र प्रा डा.टंक न्यौपानेको प्रमुख आतिथ्यमा भएको उक्त लोकार्पण कार्यक्रममा विशिष्ट अतिथि प्राज्ञ विवश पोखरेल, बिशेश अतिथिहरु प्रा डा मेदिनी शर्मा, प्रा कविराज न्यौपाने,प्रगतिवादी साहित्यकार रामप्रसाद खरेल,डा देवी पन्थी ,अग्रज साहित्यकारहरू बलराम पोखरेल डमरु बल्लभ भण्डारी, कुशेश्वर राई, सरला चापागाईं,रमेन्द्र कोइराला,लिलानाथ सिलवाल,केशु विरही,राधिका गुरागाइ,राजेन्द्र गुरागाई लगायतको उपस्थिति थियो। यसैगरी समालोचक भवनी पोखरेल, नवराज नवशिला,शारदा कार्की,जमुना पौडेल,नानुमाया दाहाल,शारदा भट्टराई,डोमि कामत,सैलेन घिमिरे,प्रमोद ढकाल,रोहिणी रसिक लगायत ५ दर्जन भन्दा बढी कविहरुको सहभागिता रहेको थियो ।

प्रमुख अतिथि र सभाध्यक्ष लगायत अतिथिहरू द्वारा संयुक्त रूपमा विमोचित उक्त कृतिको टिप्पणी समालोचक डा. दिपक न्यौपानेले गरे भने कृतिको समीक्षा गर्दै उनले सोमराज अभय को यो कृतिको भाषा शैली परम्परागत भए पनि कृति कथा र विचारका दृष्टिले राम्रो छ । कृतिका बारेमा बोल्दै प्रा डा हरिहर भण्डारीले अभय मोरङका सबैभन्दा बढी महाकाव्य लेख्ने कवि भएको बताए ।

उक्त महाकाव्यमा एघार सर्गहरू छन् र यो अभयको चौथो महाकाव्य हो । कार्यक्रममा इटहरी , बेलबारी, सुन्दर हरैचा, इनरुवा र विराटनगरका साहित्यकारहरूको बाक्लो उपस्थिति थियो । भने स्वागत मन्तव्य उपाध्यक्ष निर्मला कोइरालाले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन संस्थाको सचिव चिरञ्जीवी काफ्लेले गरेका थिए।
छन्द वाटिका नेपालले संस्थाको स्थापना भएदेखि नै महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म दिन कार्तिक २७ गतेलाई आधार मानेर बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेका छन् ।




