महोत्तरी – औरही नगरपालिका–१ स्थित औरही चोकमा प्रहरीले चेकजाँचका क्रममा ठूलो परिमाणको लागूऔषध बरामद गरेको छ। कात्तिक २७ गते दिउँसो करिब ४ बजेर ३० मिनेटमा प्रहरीले उत्तरबाट दक्षिणतर्फ आइरहेको BR30A 0608 नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा १० केजी गाँजा फेला परेको हो।
मोटरसाइकल चालक भारत, बिहार राज्यको वैशाली जिल्ला–५ पतेपुर बस्ने २७ वर्षीय गोबिन्द राम र पछाडि सवार २१ वर्षीय एकवाल मोहम्मदले बोकेको कालो झोलाभित्र प्लास्टिक र डोरीले कसेर लुकाइ राखिएको अवस्थामा दुई पोका गाँजा भेटिएपछि प्रहरीले तत्काल दुवैलाई नियन्त्रणमा लिएको छ।
बरामद गरिएको गाँजा र पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गौशाला पु¥याइएको छ। प्रहरीले उक्त कारबाहीलाई क्षेत्रीय सुरक्षा र लागूऔषध नियन्त्रण अभियानको निरन्तरता भएको जनाएको छ।


