काठमाडौँ - कांग्रेसले २१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकले वर्तमान राजनीतिक संकटको निकास, संविधानको संरक्षण र जेन-जीले उठाएको मागलाई संस्थागत रुपमा निर्वाचनबाटै सम्बोधन गर्न सकिने ठहर गर्दै निर्वाचनमा जाने निर्णय लिएको हो । त्यस्तै राष्ट्रियसभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णयसमेत गरेको छ ।
तर, दल दर्ताका लागि पठाइने पत्रमा सभापति शेरबहादुर देउवाकै नाम पठाउने वा कार्यवाहक सभापति पूर्णबहादुर खडको नाम पठाउने भन्नेबारेमा उल्लेख गरिएको छैन । दल दर्ता गर्दा सभापति देउवाकै नाम पठाइएमा पछि टिकट वितरणमा देउवा नै सक्रिय हुने आशंका छ । कांग्रेसले निर्वाचनको वातावरण निर्माण बनाउन आग्रहसमेत गरेको छ । आम नागरिकलाई भयरहित वातावरण बनाउन कांग्रेसले हराइरहेका हतियार र कैदीबन्दीहरुलाई तत्काल नियन्त्रणमा लिनुपर्ने माग गरेको छ । Yamaha
पार्टी महाधिवेशनको विवाद नमिलेका कारण त्यसबारेमा भने बैठकले कुनै निर्णय गर्न सकेन । महामन्त्री गगन थापाले यस सम्बन्धमा फेरि छलफल गरेर बैठक बस्ने बताए । फागुन २१ को निर्वाचन अगाडि महाधिवेशन गर्ने कि पछाडि भन्ने विवाद नमिलेको अवस्थामा कांग्रेसले राष्ट्रिय राजनीतिका विषयमा भने निर्णय गरेको हो ।




