महेन्द्रनगर । धनुषामा ७ वर्षीया बालिका माथि बलात्कार गरेको आरोपमा एक ६७ वर्षीय वृद्ध पक्राउ परेको छ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाए अनुसार बालिका बलात्कार आरोपमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका –५ महेन्द्रनगर बस्ने ६७ बर्षिय राम भगत साहलाई पक्राउ गरिएको हो।
आरोपी साहले शनिबार बालिकालाई एक्लै भएको मौका छोपी बलात्कार गरेर भाग्दै गरेको अवस्थामा स्थानीयले पक्राउ गरि प्रहरीलाई जिम्मा लगाएको थियो।
पीडित बालिकाको प्रादेशिक अस्पताल जनकपुरधाममा स्वास्थ्य परिक्षण गरिएको र आरोपीलाई हिरासतमा लिई अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।







