महोत्तरी : भारतमा हालै सम्पन्न भएको १२ औं राष्ट्रिय ड्रैगन बोट प्रतियोगितामा महोत्तरीका राजु महतोले उत्कृष्ट प्रदर्शन गर्दै २ वटा कास्य पदक जित्न सफल भएका छन्।
भारत महाराष्ट्रको नान्देडमा ईण्डिया एण्ड ट्रेडिसनल स्पोट्र्स फेडरेसनले आयोजना गरेको उक्त प्रतिस्पर्धामा महतोले भाग लिएका थिए। भारतीय प्राधौगिकी संस्थान (आईआईटी) रुडकीमा एमटेक ग्राउण्ड वाटर हाईड्रोलौजीमा उनी अध्यनरत छात्र हुन।



उनले डि २२ मिक्स ५ सय मिटर स्पर्धामा प्याडलरको रुपमा तथा यु २३ पुरुष १ सय मिटर स्पर्धामा स्टियर्स पर्सनको रुपमा भाग लिएका थिए। जसमा उनले ती दुई खेलमा गरी २ कास्य पदक हासिल गरेका हुन।












