जनकपुरधाम । मधेश प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा राजकुमार सिंह नियुक्त भई पदभार ग्रहण गरेका छन् ।
प्रदेश सरकारको निर्णयअनुसार उपाध्यक्षमा नियुक्त सिंहले आज औपचारिक रूपमा कार्यभार सम्हालेका हुन् ।
पदभार ग्रहणपछि उपाध्यक्ष सिंहले मधेश प्रदेशको दीर्घकालीन विकास, नीति निर्माण र योजनाको प्रभावकारी कार्यान्वयनमा आयोगलाई अझ सशक्त र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले समावेशी विकास, सुशासन, पारदर्शिता तथा तथ्यमा आधारित योजना निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।
राजनीति तथा सार्वजनिक नीति क्षेत्रमा अनुभव बटुलेका सिंहको नियुक्तिसँगै आयोगको कार्यक्षमता थप सुदृढ हुने विश्वास गरिएको छ ।




