बालेन्द्र शाह (बालेन) ले आज विहानै जानकी मन्दिरको दर्शन गरेका छन् । उनीसँगै रास्वपा प्रवेश गरेका निवर्तमान स्वतन्त्र सांसद अमरेश कुमार सिंह पनि आरतीमा सहभागी भएका थिए ।
आरतीमा सहभागी भएलगत्तै बालेन मधेश आन्दोलनका क्रममा शहीद भएकाहरूको सम्झनामा मनाइने बलिदानी दिवसको कार्यक्रममा सहभागी हुन सिरहाको लहान प्रस्थान गरेका छन् । उनले बिहान ८ बजे लहानस्थित मधेशी शहीद पार्कमा माल्यार्पण गर्ने तालिका छ ।

यसपछि बालेन रास्वपाले आज जनकपुरधाममा गरेको परिवर्तनको उद्घोष सभामार्फत पहिलोपटक पार्टी सभापति रवि लामिछानेका साथ सम्बोधनमा सहभागी हुनेछन् ।
उद्घोष सभामा पार्टी सभापति लामिछाने र बालेनसहित नेताहरु डीपी अर्याल, स्वर्णिम वाग्ले, मनिष झासहित १२ वक्ताले मन्तव्य दिने तालिका छ ।


