जनकपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेताका रुपमा बालेन्द्र शाह (बालेन)ले मैथलीमा भाषण गरेका छन्।
सोमबार जनकपुरमा आयोजित चुनावी सभालाई मैथलीमा सम्बोधन गरेका हुन्। उनले आफू काम गर्ने माछे भएको बताए। ‘म काम गर्ने मान्छे हुँ, काम गर्छु,’ उनले मैथलीमै भने।



काठमाडौँमा जस्तै देशभर काम गर्ने उनको भनाइ थियो। काठमाडौँबाट ३५ स्थानीय तहलाई एम्बुलेन्स बाँडेको बताउँदै अब देशभर बाँड्ने गरी जिम्मेवारी दिन आग्रह गरे।




