सुजाता राई
विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठान, विराटनगरको आयोजनामा साहित्यकार चूडामणि नेपाल ‘अकिञ्चन’को लघुकथासङ्ग्रह ‘धुवाँको रङ’ को लोकार्पण समारोह एलिट क्लबको सभा हलमा सोमबार सम्पन्न भएको छ।
कार्यक्रमका सभापति पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष प्रा.विवश पोखरेलको अध्यक्षतामा प्रमुख अतिथि उपकुलपति पू.वि.वि.प्रा.डा.विजु कुमार थपलियको अतिथ्यतामा प्रा.डा.मेदिनी प्र.शर्मा प्रा.डा.मिनराज ढ्काल,विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल, अग्रज साहित्यकार बलराम पोखरेल,डा.विमला श्रेष्ठलगायतले लोकार्पण गरे।
विमोचन समारोहमा प्रमुख अतिथि थपलियाले कृतिकारलाई शुभकामना दिदै सम्पुर्ण उपस्थिति साहित्यकारहरुलाई धन्यवाद ज्ञापन गरे भने ‘धुवाँको रङ’ कृतिले नेपाली लघुकथालाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

शुभकामना मन्तव्य -प्रा .कविराज न्यौपाने,साहित्यकार बलराम पोखरेल,चुडामणिा नेपालले गरे ।
पुस्तक समिक्षा-प्रा.भूषण ढुङ्गेल र साहित्यकार हरि कट्टेलले गरेका थिए।
लघुकथा वाचन-सिमा आभास,रोशन पराजुली,विष्णु भण्डारी,गायत्री कुमार चपागाई,मीन कुमार नवोदितले लघुकथा वाचन गरेको हो।

'धुवाँको रंग' मा विभिन्न सामाजिक,मानवीय समसामयिक विषयमा आधारित ७९ लघुकथा छन्।करिब चार दशकदेखि कविता,कथा,मुक्तक,र बाल्साहित्य क्षेत्रमा सक्रिय अकिञ्चन्का यसअघि 'अमूर्त सपन' र 'जूनको आँगन'लगायतका कृति प्रकाशित भइसकेका छन् ।

कार्यक्रममा विभिन्न ठाँउबाट साहित्यकारहरू सहभागी भएर लेखक नेपाल ‘अकिञ्चन’को साहित्यिक योगदानको प्रशंसा गरेका थिए।
कोशी साहित्य कला समाजको अध्यक्ष केशु विरही,मुक्तक प्रतिष्ठानको अध्यक्ष बाबुराम पोखरेल, बुद्धिजीवी दिनेश श्रेष्ठ, विराट साहित्य संगमको संयोजक रामबाबु दाहाल, समालोचक भवनीप्रसाद पोखरेल बुद्धिजीवी दिनेश श्रेष्ठ विराट साहित्य संगमको संयोजक रामबाबु दाहाल, समालोचक भवनीप्रसाद पोखरेल, दिङ्लाली कान्छो, ,मुनाल पोखरेल, सरद बराल, लक्ष्मी रायमाझी, राधिका गुरागाई, आष्या भट्टराई,कुन्ता त्रिताल, पूजा कुमारी मरिक, वरुणा कुमारी राया अमत, मनिसा साह, शिरोमणि भट्टराई, मिनराज ढकाल, सूर्यप्रसाद भट्टराई, फणिराज नेपाल, रोशन पराजुली, भक्ता दाहाल, गायत्री कुमार चपगाई,सुजाता राई, प्रशंसा कट्टेल, शारदा भट्टराई, प्रदिप्त घिमिरे, प्रेमप्रसाद रिजाल, प्रा.मेदिनी प्रसाद शर्मा, गोपाल निर्भिक,प्रेम आचार्य,स्वयम्भूनाथ कार्की, कविता चापगाई, स्वयम्भू प्रसाद भट्टराई, बिमला श्रेष्ठ निर्मला नेपाल, निसु भण्डारी, चिरञ्जीवी काफ्ले, टेकेन्द्र अविय, प्रकाश भट्टराई, मदन भण्डारी, उमनाथ भट्टराई (अचल), विश्वनाथ भट्टराई, शोभा लामा, साईभूषण लामा, विष्णुप्रसाद वाग्ले, गंगाराम कुंवर,इन्द्रा परियार, हेमसागर पोखरेल, अर्जुन नेपाल, मनिषा महतराज, संयोग भट्टराई, बलराम कोइराला, सीता भट्टराई, हरिप्रसाद बराल,राधा भट्टराई, शुभलक्ष्मी लम्साल, दीक्षानय नेपाल,शंकर सुवेदी, नेत्रा खतिवडा, सिर्जना प्रसाई ढुङ्गाना, भोकल अधिकारी, ऋषि तिवारी, कुमार श्रेष्ठ, चुडामणि घिमिरे गोपाल, बिदुरप्रसाद ढुंगेल, त्रिविक्रम कोइराला, दिपक शम्भु,डोमि कामत, मन्जु घिमिरे दाहाल, शैलेन घिमिरे, लक्ष्मी पोखरेल, लक्ष्मी युक्मी, डा चन्द्र तिम्सिना, जमुना पौडेल, अन्जु अशु,नानुमाया दाहाल, अम्बिका खरेल उप्रेती, केशव रिजाल, शान्ता कर्ण, भोजराज निरौला, भोजराज निरौला, पशुपति नेपाल, रुपक राज सुवेदी, दिलिप साह, दमरु शर्मा, इन्दु सुवेदी, भवानी प्रसाद भट्टराई, योगेन्द्र प्र.भट्टराई लगायतको उपस्थिति थियो।

पू.अ.सा.प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले स्वागत मन्तव्य राख्दै कार्यक्रम सञ्चालनको सम्पुर्ण जिम्मेवारी लिदै उद्देश्य स्पष्ट पारे।
उक्त अवसरमा साहित्यप्रेमी, स्रष्टा तथा पाठकहरूको उल्लेख्य उपस्थितिले कार्यक्रम उत्कृष्ट रहेको थियो।




