महोत्तरी – नेपाली काँग्रेसकी महिला नेत्री किरण यादवले महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा चुनावका लागि मनोनयन दर्ता गराएकी छन्।
आसन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत यही फागुन २१ गते हुने चुनावका लागि किरण यादवले मंगलबार आवश्यक कागजातसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन्। निर्वाचन अधिकृतका अनुसार उनले निर्धारित प्रक्रिया अनुसार सबै कागजात पूरा गरी दर्ता प्रक्रिया सम्पन्न गरेकी छन्।




काँग्रेसकी महिला नेतृ यादवले यस अवसरमा आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग प्रत्यक्ष संवाद गरी जनताको विश्वास र समर्थनको अपेक्षा व्यक्त गरेकी छन्। यसअघि पनि उनी विभिन्न सामाजिक र राजनीतिक अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन् र अबको निर्वाचनमा आफ्नो अनुभव र नेतृत्व क्षमताको माध्यमबाट क्षेत्रको विकासमा योगदान पुर्याउने आशा व्यक्त गरेकी छन्।

निर्वाचन अधिकृतले सबै उम्मेदवारहरूलाई तोकिएको समयभित्र मनोनयन दर्ता गराउन आग्रह गर्दै निर्वाचन प्रक्रियामा निष्पक्षता र पारदर्शिताको सुनिश्चितता गर्ने बताएका छन्।






