महोत्तरी – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्यमा गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० र चाँदीको मूल्य रु सात हजार ६५ कायम भएको छ ।



यसअघि बिहीबार एक तोला छापावाल सुन रु तीन लाख ३९ हजार ३०० र चाँदी रु सात हजार ५०५ मा कारोबार भएको थियो ।





