जनकपुरधाम । रास्वपामा अटाउन नसकेपछि एक्लै चुनावमा होमिएका उज्यालो नेपाल पार्टीका अध्यक्ष पूर्व विद्युत प्रशासक कुलमान घिसिङ्गको प्राथमिकतामा पनि मधेश नै परेको छ । चुनावी संघारमा जानकी माताको दर्शन, केही भेटघाट र कार्यक्रमहरुमा सहभागि हुन घिसिङ्ग जनकपुर आउन लागेको बताइएको छ ।
भोलि विहिवार विहान जानकी मन्दिरमा दर्शन पुजापाठ गर्ने घिसिङ्ग त्यहाँबाट राजदेवी मन्दिर, राम मन्दिर हुँदै जनक मन्दिर पुगेर जनकचौकमा पत्रकारहरुसँग साक्षात्कार गर्ने कार्यक्रम रहेको पार्टी मधेशका नेताहरुले बताएका छन् ।
त्यसपछि घिसिङ्ग सम्भवतः पिडारीचौक स्थित पार्टी कार्यालयको समुद्घाटन सहितका कार्यक्रममा पनि सहभागि हुने बताइएको छ । उनी आजै साँझ हवाईमार्ग हुँदै जनकपुर आउन लागेका हुन् ।


