धनुषा भएको मोटर साईकल दुर्घटना मा एक महिला ट्राफिक प्रहरी को मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषा जनाए अनुसार जनकपुर उपमहानगरपालिका–४, मुरलीचोकस्थित सिटिजन बैंक अगाडि आज भएको सवारी दुर्घटनामा मोटरसाइकल चालक महिला ट्राफिक प्रहरीको घटनास्थलमै मृत्यु भएको हो। महतो बर्दिवास पशुपति नगर निवासी हुनुहुन्छ।



मृत्यु हुने मा जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरी मा कार्यरत प्रहरी हवल्दार चन्द्र कला महतो हुनुहुन्छ।
प्रहरीका अनुसार भ्रमरपुराचोकबाट मुरलीचोकतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ प ०१०४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०२–००२ प ७३५२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो।
मृतक महतो सञ्चय कोष को रकम बुझन जनकपुर गाको बेला दुर्घटना मा परी मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख सुर्य बहादुर शाहीले बताउनु भयो।
दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकल चालक महतोको घटनास्थलमै मृत्यु भएको हो। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, जनकपुर पठाइएको छ।
हाल टिपर चालक, टिपर तथा मोटरसाइकल ट्राफिक प्रहरी कार्यालय जिरोमाइलको नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





