धनुषामा दिउँसो ३ बजेसम्म करिब ५४ प्रतिशत मतदान भएको छ । चार वटा निर्वाचन क्षेत्रमा रहेको धनुषामा मुख्य निर्वाचन अधिकृतकार्यालयबाट आएको तथ्यांक र प्रारम्भिक अनुमानमा अनुसार दिउँसो ३ बजेसम्म ५४ प्रतिशत मतदान भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले जानकारी दिनुभयो। धनुषामा ५ लाख १४ हजार मतदाताको संख्या रहेको छ । अहिले ४ वटै क्षेत्रमा शान्तिपूर्ण मतदान भइरहेको उहाँले बताउनुभयो ।
जिल्ला सुरक्षा समितिका अनुसार धनुषामा कुल ५ लाख १४ हजार ५ सय ७१ मतदाता रहेका छन्।
सबै मतदान स्थलमा मतदाताहरु उत्साहित भइ मतदानमा सहभागी भइरहेका छन् ।









