धनुषा, ।धनुषा जिल्लामा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ६३.५२ प्रतिशत मतदान भएको छ। सार्वजनिक गरिएको अन्तिम विवरणअनुसार जिल्लाका ५ लाख १४ हजार ५७१ मतदातामध्ये ३ लाख २७ हजार १२६ मत खसेको हो।
जिल्लाका चार निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो। प्राप्त विवरणअनुसार जिल्लाभर मतदान कार्य समग्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले जानकारी दिनुभयो।
मतदानको लैङ्गिक विवरणअनुसार १ लाख ७५ हजार २६० महिला, १ लाख ५१ हजार ८६५ पुरुष र १ जना अन्य मतदाता ले मतदान गरेका छन्।
निर्वाचन क्षेत्रगत विवरणअनुसार निर्वाचन क्षेत्र नं. १ मा ६३.८१ प्रतिशत मतदान भएको छ। यस क्षेत्रमा रहेका १ लाख २६ हजार ४० मतदातामध्ये ८० हजार ४२१ मत खसेको छ। तीमध्ये ४४ हजार ६५६ महिला र ३५ हजार ७६५ पुरुष मतदाता रहेका छन्।
त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा ६२.५० प्रतिशत मतदान भएको छ। यहाँ १ लाख ३४ हजार ८२६ मतदातामध्ये ८४ हजार २६३ मत खसेको छ। तीमध्ये ४६ हजार ६२१ महिला र ३७ हजार ६४२ पुरुष मतदाता रहेका छन्।
निर्वाचन क्षेत्र नं. ३ मा ६३.०२ प्रतिशत मतदान भएको छ। यस क्षेत्रमा रहेका १ लाख २५ हजार ९२७ मतदातामध्ये ७९ हजार ३६१ मत खसेको छ। तीमध्ये ४० हजार ६९६ महिला, ३८ हजार ६६४ पुरुष र १ जना अन्य मतदाता रहेका छन्।
त्यसैगरी निर्वाचन क्षेत्र नं. ४ मा सबैभन्दा बढी ६५.०२ प्रतिशत मतदान भएको छ। यहाँ १ लाख २७ हजार ७७८ मतदातामध्ये ८३ हजार ८१ मत खसेको छ। तीमध्ये ४३ हजार २८७ महिला र ३९ हजार ७९४ पुरुष मतदाता रहेका छन्।
यसैबीच जिल्लामा सञ्चालन गरिएको अस्थायी मतदान केन्द्रमा पनि मतदान भएको र त्यहाँ १९० मत खसेको जनाइएको छ।
प्रजिअ लुइटेलको अनुसार जिल्ला सबै क्षेत्रको निर्वाचन कार्यालयको मतगणना स्थल सम्म मतदान केन्द्रहरुबाट मतपेटिका संकलन भइसकेको र ११ बजे राती सर्वदलिय बैठक बस्ने तयारी रहेको छ। उहाँले सर्वदलिय बैठक पछि मतगणना आजै राती देखि सुरु गर्ने तयारी रहेको बताउनुभयो ।





