मधेश प्रदेशमा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा यसपटक अप्रत्याशित मत परिणाम आउन सक्ने देखिन्छ ।
धनुषासहित अन्य जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, जनमत पार्टी, जसपा नेपालसहितका दलहरु प्रतिको आक्रोशका कारण मतदाता रुष्ट रहेका छन् । जसले गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका अन्य दल र नयाँ अनुहारका उम्मेदवारले मत पाउने सम्भावना बढी छ । धनुषाको क्षेत्र नम्बर २, धनुषा– ३ र धनुषा– ४ मा उलटफेर हुन सक्ने सम्भावना रहेको छ । मधेश प्रदेशमा रास्वपालाई अप्रत्याशित सिट आउने सम्भावना रहेको छ ।




