ढल्केवर । नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंहले महिला क्रिकेट खेलाडीहरुलाई किट प्रदान गरेका हुन् ।
धनुषाको मिथिला नगरपालिका -२ नक्टाझिजस्थित श्री जनता माध्यमिक विद्यालयको खेलमैदानमा अभ्यासरत महिला क्रिकेट खेलाडीहरुलाई बोल्ट्स बटालियन समुहको समन्वयमा
क्यानका उपाध्यक्ष एवम् महोत्तरी जिल्ला क्रिकेट संघका अध्यक्ष समेत रहेका रोशन सिंह र महोत्तरी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष सैफ अली द्वारा क्रिकेट किट प्रदान गरिएको छ।



स्रोतसाधनको एकदमै अभाव का कारण पनि धनुषाको मिथिला नगरपालिका -२ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा स्थानिय महिला क्रिकेट खेलाडीहरु अभ्यासरत रहँदा क्रिकेट समर्थकहरुको समुह “बोल्ट्स बटालियन” का प्रतिनिधि जय कृष्ण महतोको समन्वयमा सहयोग का लागि अपिल गरेका थिए । सोही अनुरुप क्यानका उपाध्यक्ष रोशन सिंहले सहयोग गर्ने प्रतिबद्धता जनाए अनुसार किट प्रदान गरिएको हो।

“गाँउमा महिलाहरूलाई क्रिकेट खेल्न जान नदिने कुरा यथावतै हुदाँ पनि बदलिँदो परिवेश र प्रविधिको विकाससँगै महिलाहरू क्रिकेट खेल्न आउनु एकदमै खुसीको कुरा भएको” क्यानका उपाध्यक्ष रोशन सिंह बताउँछन् ।
यता क्रिकेट समर्थकहरुको समुह “बोल्ट्स बटालियन” ले क्रिकेट लगायतका खेलहरु मा खेलाडीहरुलाई कुनैपनि किसिमले समस्या र अप्ठारा नहोस् भन्ने उद्देश्यले खेलाडीहरुको मनोबल बढाउनका लागि हामी समन्वय को भुमिकामा रहेर हातेमालो गर्दै आएको”बोल्ट्स बटालियन” का प्रतिनिधि जय कृष्ण महतोले बताए ।

“स्रोत साधनको अभावका बाबजुद पनि निरन्तर एक वर्षदेखि क्रिकेट खेलमा व्यस्त हुँदा पनि आवश्यक खेल समाग्रीहरु को अभाव रहेको महिला क्रिकेट टिमका स्थानिय प्रशिक्षक रोजी कडारी बताउँछिन्। उनका अनुसार “हामीले थोरै भएपनि स्थानिय कलेज र क्लबको सहयोगले खेल खेल्न सकिरहेका छौं तर यहाँ खेल मैदानको व्यवस्थापन नभई दिदाँ कहिलेकाहीँ मन खिन्न हुने अवस्था रहेको बताँउछिन् । क्यानका उपाध्यक्षले गरेको सहयोग हाम्रो लागि हौशला र गर्वको क्षण रहेकाले धन्यवाद ज्ञापन गरिन्।
साथै रोजी कडारीले “महिलाहरुलाई पनि क्रिकेट खेल तर्फ ल्याउनुपर्छ, महिला सशक्तिकरण र महिलाहरूको विकास र राष्ट्रका लागि योगदान दिनु पर्ने मा महिलाहरूको अर्थपुर्ण सहभागिता का लागि सक्ने जतिले सहयोग गरी स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद भन्ने मुल नारालाई सार्थक बनाउन पहल गर्न सबैलाई आग्रह गरिन् ।




