पछिल्लो पटक सम्पन्न प्रतिनिधि सभाको सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारलाई सहयोग गरेको भनी कारवाहीमा परेका धनुषाको मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले आफूलाई प्रतिशोधको भावनाले कारवाही गरिएको बताएका छन् ।
शनिवार उनले एक पत्रकार सम्मेलन आयोजना गरी भने क्षेत्रिय समितिको आफूसहित तीन जनालई गरेको कारवाहीको निर्णय पार्टीको विधान सम्मत नभई प्रतिशोधको भावनाले गरिएको हो । उनले भने आफूमाथि लगाइएको आरोप कपोलकल्पित निराधार हो, आरोप प्रमाणित भयो भने आरोप प्रमाणितकै दिन सम्पूर्ण पदीय जिम्मेवारीबाट राजीनामा दिनेछु ।



नेता महतोले सबभन्दा पहिला त क्षेत्रिय समितिलाई कसैलाई कारवाही गर्ने अधिकारै छैन, बरु कारवाहीका सिफारिस गर्न सक्ने हो । क्षेत्रिय समितिले आफूमाथि जुन आरोप लगाएको त्यसको पुष्टि गर्नुप¥यो ।
आरोप बारे स्पष्टीकरणसम्म नसोधिकन तानाशाह प्रवृतिले आफूमाथि कारवाहीको निर्णय नै थोपि दियो । यो निर्णय म मान्छिन र न्यायका लागि पार्टीका उच्च तहसम्मसहित कानून उपचारसम्म जानेछु । उनले थप्दै भने पछिल्लो महाधिवेशनमा म लगायतका टीमले गगन थापा समूहलाई सहयोग गरेका थियौं, त्यसकै प्रतिशोध स्वरुप पार्टी भित्र हाली मुहाली रहेका केही व्यक्तिले कारवाही गरेको हो । आफूमाथि कारवाही साबित नभए यस्ता गलत निर्णय गर्ने नेता तथा पदाधिकारीहरुमाथि विधान अनुसार कारवाहीको पार्टीको उच्च तहमा गर्नेछु ।
नेपाली कांग्रेसका क्षेत्रिय सभापति कुमरकान्त मिश्रको अध्यक्षतामा बसेको बैठकले नगरप्रमुख महतोलाई ६ वर्षकालागि निलम्बनसहित बटेश्वर गाउँपालिकाका अध्यक्ष समेत रहेका वडा नम्बर ३ का अध्यक्ष राममणि महतो र मिथिला नगरपालिका वडा नम्बर २ का पार्टी सभापति अशेश्वर महतोलाई सभापति पदबाट मुक्त गरिएको भन्ने शुक्रवार निर्णय गरेको थियो ।
बैठकले नगर प्रमुख महतो रास्वपाको सदस्यता लिएको दाबी गर्दै निर्वाचनमा उम्मेदवारविरुद्ध लागेर रास्वपाका उम्मेदवारको प्रचार प्रसार लिएको उनलाई मत दिलाएको आरोप लगाउँदै कारवाहीको निर्णय गरेको थियो ।





