सुजाता राई
विराटनगर /पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरबाट प्रकाशित नाटककार अर्जुन नेपाल लिखित नाटक सीमाको एलिट क्लबको सभा हलमा शनिबार लोकार्पण भएको छ।



समालोचक प्राध्यापक कविराज न्यौपाने, प्राज्ञ विवश पोखरेल , रङ्गकर्मी भैरव क्षेत्री, साहित्यकार सरला चापागाईं लगायत स्रष्टाहरूले उक्त नाटक कृतिको लोकार्पण गरेका हुन् ।

विमोचित कृतिको समालोचक निर्मला कोइराला , बाबुराम पोखरेलले समीक्षा गरे ।
उक्त समारोहमा साहित्यकार , रङ्गकर्मी गोपाल देवान, खेम नेपाली , प्राडा मेदिनीप्रसाद शर्माले लेखकलाई शुभकामना व्यक्त गरेका थिए।

नाटककार नेपालले भने , आफनो सानैदेखि नाटकमा रुचि भएको र आफू कलाकार भएर नाटकमा अभिनय समेत गर्ने गरेकाले नाटकलेखनमा रुचि जाग्यो र त्यसैको प्रतिपल प्रस्तुत कृति जन्मिएको हो।

नाटक त्रिकोणात्मक प्रेम कथामा आधारित छ । साहित्यकार विवश पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त समारोह साहित्यकार प्राध्यापक कविराज न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने साहित्यकार दिनेशराज सुवेदीले अतिथिहरूको स्वागत र प्रतिष्ठानको महासचिव गोकुल अधिकारीले कार्यक्रम सञ्चालन सम्हाले।




