जनकपुरधाम – मधेश प्रदेशका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्किरहेको वेलामा जनपुरधाममा ११७ वर्ष अघि स्थापना भएको याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयले आफ्नो पुरानो विरासतलाई कायम राख्दै गुणस्तरीय शिक्षा दिनमा सफल भएको छ ।
आधुनिक जनकपुरधामको निर्माताका रुपमा चिनिनु भएका मौनीबाबाले स्थापना गर्नु भएको ज्ञानकूप संस्कृत माध्यमिक विद्यालयले प्राचीन संस्कृत शिक्षा संगै आधुनिक शिक्षामा जोड दिएपछि विद्यार्थी भर्ना भ्याई नभ्याईको अवस्थामा रहेको प्रधानाध्यापक संजय कुमार झाले जानकारी दिनु भएको हो ।




विद्यालयले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा गरेको प्रगतिका कारणले अभिभावकहरुको रोजाईमा पर्न सफल भएको छ । विद्यालयले दिउँसोको समयमा संस्कत शिक्षाका साथै विहानको समयमा अग्रेजी शिक्षा प्रदान गर्दै आएको छ । गत शैक्षिक शत्रमा न्यून शिक्षक तथा पूर्वाधारका बीचमा २ हजार ७ सय ३६ विद्यार्थीहरुलाई भर्ना गरेर अध्ययन अध्यापन गरेका थिए भने यस वर्ष भर्ना हुने क्रम जारी रहेको विद्यालयले जानारी दिएको हो ।
विद्यालयको स्थापना दिवसको आज उद्घाटन गर्दै मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले सामुदायिक विद्यालयहरुमा निक्कै अब्बल रहेको ज्ञानकूप विद्यालयको थप शैक्षिक विकासका लागि मन्त्रालयले विभिन्न प्रकारको सहयोग गरिरहेको बताउनु भयो ।उहाँले मधेश प्रदेश सरकारले शिक्षकको अभाव रहेका प्रदेशका विभिन्न माध्यमिक तहको विद्यालयहरुमा विज्ञान, गणित तथा नेपाली विषयमा करार शिक्षक खुल्ला प्रतिस्पर्धा गराएर छनौट गरि पठाएको बताउनु भयो । उहाँले अहिलेको शिक्षक दरबन्दी विद्यार्थीको अनुपातमा मधेशमा निक्कै कम भएको बताउनु भयो ।

धनुषा जिल्लाका शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख चेत प्रसाद पोखरेलले देशकै शिक्षा क्षेत्रको विकासमा ज्ञानकूप संस्कृत माध्यमिक विद्यालयको निक्कै ठूलो योगदान भएको बताउनु भयो । स्थानीय अभिभावक तथा बुद्धिजीजि मोहन उपाध्यायले आधुनिक जनकपुरधामको निर्माणमा मौनिवावाको ठूलो योगदान भएको चर्चा गर्दै ज्ञानकूप संस्कृत माध्यमिक विद्यालय, जानकी माध्यमिक विद्यालय र परिक्रमा सडकको निर्माण त्यसको उदाहरण भएको बताउनु भयो ।
सो कार्यक्रममा विद्यालयको कक्षा १२ मा विज्ञान विषय लिएर अध्ययन गरेका ९ जना मेधावी तथा समावेशी छात्र, छात्राहरुलाई १० हजार नगद र सम्मानपत्र मन्त्री तिवारीले विद्यालयका तर्फवाट प्रदान गर्नु भयो । यसै गरि उत्कृष्ट अंक ल्याउने कक्षा ११ का चार जना छात्राहरुलाई अवि प्रतिष्ठानले ३ हजार नगर र प्रमाणपत्र प्रदान गरि सम्मानित गरेको छ ।

सोही कार्यक्रममा वडा नंं ८ का वडा कार्यालयले २०८२ सालको वार्षिक परीक्षामा उत्कृट अंक ल्याउने कक्षा ८ देखि १२ सम्मका छात्राहरु वडाध्यक्ष विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दिनेश कुमार सिंहले साईकल वितरण गर्नु भयो ।






