काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ ।
भेटवार्तापछि भारतका प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्नुभएको छ। भेटपछि भारतका प्रधानमन्त्री मोदीले लेख्नुभएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट्न पाउँदा खुसी लागेको छ । साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने उहाँको चाहनालाई हामी स्वागत गर्दै पूर्ण समर्थन गर्दछौँ ।’



मोदीले नेपाल र भारतबीचको ऐतिहासिक एवं जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन नयाँ सरकारसँग कूटनीतिक तथा आर्थिक क्षेत्रमा सहकार्यलाई तीव्र पारिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ : भारतका प्रधानमन्त्री मोदी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत उत्सुक रहेको बताउनुभएको छ । भारतको राजधानी नयाँदिल्लीमा बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भएको भेटवार्ताका क्रममा उहाँले नेपाल भारतको प्राथमिकतामा रहेको साझेदार मुलुक भएको बताउनुभएको हो ।
भेटवार्ताका बारेमा सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री मोदीले भन्नुभएको छ, “हाम्रो ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवं बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ ।”
भारतका प्रधानमन्त्री मोदीले सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्तै खुसी लागेको समेत बताउनुभएको छ । उहाँले साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने रास्वपा सभापति लामिछानेको चाहनालाई स्वागत गर्दै त्यसमा आफू पूर्ण रूपमा सहमत भएको समेत उल्लेख गर्नुभएको छ ।
‘‘नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेज्यूसँग भेट्न पाउँदा अत्यन्तै खुशी लागेको छ । एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने वहाँको चाहनालाई म स्वागत गर्दछु र त्यसमा पूर्ण रुपमा सहमत छु’’, भेटपछि मोदीले ट्वीटर (एक्स)मा नेपाली भाषामै लेख्नुभएको छ, ‘‘हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ ।’’
नयाँदिल्लीमा भएको उक्त उच्चस्तरीय भेटवार्तामा भारतीय पक्षबाट प्रधानमन्त्री मोदीका साथै विदेशमन्त्री एस. जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिश्रीलगायतका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो ।
मोदीसँगको भेटवार्तामा नेपाली टोलीका तर्फबाट रास्वपा सभापति लामिछानेसँगै उहाँकी धर्मपत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी हुनुहुन्थ्यो । वार्ताका क्रममा भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापाको पनि उपस्थिति रहेको थियो ।
नेपाल र भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात् गर्नुपर्छ: रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतले अतीतका सीमालाई आत्मसाथ गर्दै विकास कूटनीतिको नयाँ युगमा प्रवेश गर्नुपर्ने बताउनुभएको छ । भारतको राजधानी नयाँदिल्लीमा बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको एक घण्टा लामो भेटवार्तापछि उहाँले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका विषयमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सभापति लामिछानेले भन्नुभएको छ, ‘‘प्रधानमन्त्री मोदीज्यूसँगको एक घण्टा लामो संवाद अत्यन्तै खुसीको क्षण रह्यो । नेपाल र भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात् गर्नुपर्छ भन्ने उहाँको दृष्टिकोणमा मेरो पूर्ण ऐक्यबद्धता छ ।’’
सभापति लामिछानेले दुई देशबीचको साझा सभ्यतामा केन्द्रित भएर आपसी विश्वास र प्रगतिको जगमा नयाँ साझेदारी निर्माण गर्न सकिने उल्लेख गर्नुभएको छ । भारत सरकारसँग मिलेर काम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उत्सुक रहेको लामिछाने बताउनुभएको छ। उहाँले थप भन्नुभएको छ, “नेपाल र भारतका जनताको साझा समृद्धिका लागि यी सम्भावनाहरूलाई यथार्थमा परिणत गर्न रास्वपा उत्सुक छ।”
यसअघि भारतीय प्रधानमन्त्री मोदीले पनि ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा रहेको साझेदार मुलुक भएको उल्लेख गर्दै दुई देशबीचको विशिष्ट एवं बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको बताउनुभएको थियो ।
नयाँदिल्लीमा भएको उक्त उच्चस्तरीय भेटवार्तामा भारतीय पक्षबाट प्रधानमन्त्री मोदीका साथै विदेशमन्त्री एस. जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिश्रीलगायतका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो ।
यसैगरी, नेपाली टोलीका तर्फबाट रास्वपा सभापति लामिछानेसँगै उहाँकी धर्मपत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा, स्वकीय सचिव प्रदीप आचार्य र भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा सहभागी हुनुहुन्थ्यो ।




