सुजाता राई
खोटाङ सामाजिक सेवा मञ्चद्वारा आयोजित साहित्य मासिक कार्यक्रमको ५१औँ शृङ्खलामा चिठ्ठा गोलाप्रथामार्फत दुई जना साहित्यकर्मी पुरस्कृत भएका छन्। सुजाता राई र चन्द्र सुधिर केसी पुरस्कृत भएका हुन् भने प्रा.डा. मेदिनी शर्मालाई मञ्चको आजीवन सदस्यता प्रदान गरिएको छ।



कार्यक्रममा नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईं प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। विशिष्ट अतिथिका रूपमा प्रा.डा. मेदिनी शर्मा तथा अतिथिहरू डा. देवी पन्थी, रामबाबु दाहाल, हरिहर भण्डारी लगायतको सहभागिता रहेको थियो।

साहित्यिक कार्यक्रममा विभिन्न भाषाभाषी स्रष्टाहरूले आफ्ना रचना वाचन गरेका थिए। अछूत प्र. खतिवडा, एकनाथ ढकाल, परशुराम चौलागाई, प्रतिमा खतिवडा, चन्द्रकान्त भट्टराई, बाबुराम श्रेष्ठ, शंकर सुवेदी, सुजाता राई, ऋषि तिवारी, भूपाल अधिकारी, गोपाल निर्भिक, बलाराम पोखरेल, स्वयम्भुनाथ कार्की, अर्जुन नेपाल, डोमि कामत, जयनारायण भट्टराई, प्रशंसा निरौला, शैलेन घिमिरे, हरिहर भण्डारी, उमेश लुइँटेल, प्रयाग न्यौपाने, रोहिणी रासिक, सुधिर केसी, पुर्ने चौलागाई, केशव रिजाल, सूर्य खत्री, स्नेह पौडेल, मदन भण्डारी, नानुमाया दाहाल, निर्मला नेपाल, पुष्पा सायरा, गोपाल योगी र प्राप्ति घिमिरे लगायतले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए।
वाचन गरिएका रचनामध्ये केही सन्देशमूलक तथा प्रभावशाली रचनाले विशेष चर्चा पाएका थिए। साथै नयाँ प्रतिभाहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप आकर्षक र ऊर्जावान बनेकोको सहभागीहरूले बताएका छन्।
मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य संयोजक बाबुराम पोखरेलले व्यक्त गरेका थिए भने सञ्चालन लक्ष्मी रायमाझीले गरेकी थिइन् ।




