जनकपुरधाम । नागरिक बचाउँ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफूहरुको अभियान लघुवित्त, वैंक, सहकारी तथा सुकुम्वासी पिडितका लागि भएको बताउनु भएको छ ।
महाअभियानका संयोजक प्रसाईले जनकपुरधाम विमान स्थलमा आज पत्रकारहरुसंग कुरा गर्दै सो कुरा बताउनु भएको हो । उहाँले आफूहरुको अभियान धर्म संस्कृतिको रक्षा तथा सनातन हिन्दू राष्ट्र स्थापनाका लागि भएको बताउनु भयो ।



उहाँले आफू माता जानकीको दर्शन तथा नेपालीलाई विगतमा मधेशी भनेर हेप्ने काम भएकाले टुटेको माला जोड्नका लागि आएको बताउनु भयो । प्रसाईले विगतमा अकारण आफूलाई पक्राउँ गर्ने गरेको बताउदै आफ्नो पक्षमा अदालतले हिमाल झै अभिएर न्याय दिदै आएको बताउनु भयो ।
उहाँले चाडै धवल शम्सेर राण सहितका परिवर्तन कयरी शक्तिहरुको सहभागितामा नयाँ पार्टी खोल्ने जानकारी पनि दिनु भयो । प्रसाईसंगै पूर्व सांसद धवल शम्शेर राणा जनकपुरधाम आउनु भएको छ ।
उहाँहरुको सहभागितामा भोली मंगलवार जनकपुरधाम उद्योग वाणिज्य संघका अभियानसंग जोडिएका नेता तथा कार्यकर्ताहरुको भेला गर्ने कार्यक्रम रहेको छ ।




