महोत्तरी – जितपुर–सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरी तीन दिनपछि मृत फेला परेकी छन्।
साउन ३१ गते बिहान करिब ८ बजे घरबाटै हराएकी गरिमाको शव मंगलबार साँझ घरदेखि करिब ५० मिटर पर रहेको एक सुनसान घरभित्र फेला परेको प्रहरीले जनाएको छ।
बालिका हराएपछि प्रहरीले तालिम प्राप्त कुकुरसहित खोजी तथा अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा सुनसान घरभित्र बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता निलप्रसाद घलेले जानकारी दिनुभयो।
बालिकाको हत्या गरी शव लुकाइएको हुन सक्ने आशंका प्रहरीले गरेको छ।



घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




