महोत्तरी। महोत्तरी,धनुषा सहित मध्य तराईका जिल्लामा केही दिनदेखि घाम नलागेका कारण चिसो बढेपछि जनजीवन प्रभावित भएको छ ।
तराईका जिल्लामा अत्यधिक रूपमा बढेको शीतलहर र हुस्सुका कारण जनजीवन कष्टकर बनेको हो । चिसो र शीतलहरले मान्छेहरू बाहिर हिँडडुल गर्न सकेका छैनन् ।



मौसम परिवर्तन भएसँगै केही दिनदेखि एक्कासि बढेको शीतलहर तथा बाक्लो हुस्सुका कारण महोत्तरीसहित तराईको जनजीवन कष्टकर बनेको छ । विशेषगरी महोत्तरी,धनुषा,सर्लाही जिल्लावासी चिसोले प्रभावित भएका छन् ।
चिसो हावाका कारण महोत्तरीका औरही नगफ्र्पलिका ,गौशाला नगरपालिका ,रामगोपालपुर नगरपालिका र जलेश्वर नगरपालिकाको बजार क्षेत्रहरुमा चहलपहल निकै घटेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले घरबाहिर निस्कन समेत समस्या हुने गरेको स्थानीयवासी बताउँछन् ।




